site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गगन थापाले भने– ‘साम्बाला’ ओस्कारयोग्य चलचित्र 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘साम्बाला’लाई ओस्कारका लागि योग्य भएको बताएका छन् । यो निकै खुसीको विषय भएको उनले बताएका छन् ।  

चलचित्र रिलिजको पूर्वसन्ध्यामा गगनले ‘साम्बाला’ निर्देशक मिनबहादुर भामलाई शुभकामना दिँदै यो सिनेमा हेर्न पनि आग्रह गरेका छन् । 

“प्रिय भाइ मीन, तिमी हाम्रो पुस्ताको अब्बल सिनेकर्मी हो । ओस्कार वर्दी चलचित्र साम्बाला निर्माण गरेकोमा बधाई र सफलताको शुभकामना । कांग्रेसीहरूले त आफ्नो परिवारको एउटा सदस्य अन्तर्राष्ट्रिय ख्याति प्राप्त सिने कर्मी हो भन्दा थप गर्व गर्नसक्ने विषय हो,” गगनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “साम्बाला सिनेमा हलमा भदौ २८ गते आउँदैछ, प्रतिक्षामा छु । सबैलाई हेर्न आग्रह पनि गर्दछु ।” 

आइतबार भएको प्रिमियरमा चलचित्र हेर्न कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा भने पुगेका थिए । गगन भने प्रिमियरमा गएका थिएनन् । 

मिन नेपाली कांग्रेस आवद्ध व्यक्ति हुन् । उनी मुगुबाट प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ सिफारिस भएका थिए । 

चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । 

‘साम्बाला’मा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको मुख्य भूमिका छ । चलचित्रको कथा मिन भाम र अभिनास विक्रम शाहले संयुक्त रूपमा लेखेका छन् ।  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro