site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायली सेनाको हेलिकोप्टर गाजामा दुर्घटना हुँदा दुई सैनिकको मृत्यु

जेरुसेलम । दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकोप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो । अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई चिकित्सा हेरचाह्रको लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ ।

“प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ,” विज्ञप्तिमा भनिएको छ । घटनाको कारणबारे वायुसेना कमाण्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  २०:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro