site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशमा अस्थायी सवारी लाइसेन्स दिन सुरु

विराटनगर । कोसी प्रदेशमा ट्रायल पास गरेलगत्तै अस्थायी सवारी लाइसेन्स दिन सुरु गरिएको छ । बुधबारबाट यस्तो लाइसेन्स वितरण गर्न सुरु गरिएको हो ।

स्मार्ट लाइसेन्सको लागि तीन वर्षसम्म पर्खनुपर्ने अवस्थाको अन्त्य गर्दै कोसी प्रदेश सरकारले  पहिलोपटक अस्थायी लाइसेन्स वितरण सुरु गरेको इटहरीस्थित यातायात व्यवस्था कार्यालयले जनाएको छ । इटहरीमा मुख्यमन्त्री हिक्मतकुमार कार्की र आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले औपचारिक रूपमा अस्थायी लाइसेन्स वितरण शुभारम्भ गरेका छन् ।

मुख्यमन्त्री कार्कीले प्नागरिकको हित र सुविधालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको बताउँदै ट्रायल पास भएलगत्तै लाइसेन्स दिने व्यवस्था मिलाइएको जनाए ।

"आवश्यकताका आधारमा वर्गीकरण गरेर केही शुल्क बढाएर दिने व्यवस्था गरेका छौँ," उनले भने ।

आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रशंसा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको सुनाए ।  

गत साउन ३२ गते सातवटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरूको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोड सहितको अस्थायी सवारी चालक अनुमति पत्र वितरण गर्ने निर्णय भएको थियो । कोसीले पहिलोपटक  वितरण गरेको हो ।

कोसी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने सातवटा यातायात व्यवस्था सेवा कार्यालयहरू छन् ।

प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro