site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने, किन छापिएन नयाँ नोट ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ देखि २२ गतेसम्म दसैँलक्षित सुकिला नोट सटही गर्ने भएको छ । बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित सातवटै कार्यालयबाट सुकिला नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।

दसैँमा बढी नोट साट्ने प्रचलन भएकाले १३ गतेबाट सुकिला नोट दिइने व्यवस्था गरिएको राष्ट्र बैंकका सूचना अधिकारी डा. भागवत आचार्यले बताए ।

Dabur Nepal
NIC Asia

राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट पनि सर्वसाधारणले सुकिला नोट सटही गर्न सक्ने छन् । बैंक तथा वित्तीय संस्थाले पनि सुकिला नोट सटही गर्न सक्ने व्यवस्था मिलाउन भनिएको आचार्य बताउँछन् । अहिले पनि बैंकहरूले सुकिला नोट दिइरहेको हुन सक्ने उनको भनाइ छ ।

यो वर्ष राष्ट्र बैंकले नयाँ नोट छापेको छैन । पुराना सुकिला नोट राष्ट्र बैंकसँग प्रशस्त भएकाले यी नोटलाई ढुसीबाट बचाउन र नयाँ नोट छाप्दा लाग्ने लागत बचाउन यो वर्ष नयाँ नोट नछापिएको उनी बताउँछन् ।

“नयाँ नोट छाप्न लागत बढी लाग्छ । यो वर्ष हामीले लागतलाई बचाएका छौँ,” उनले भने, “राष्ट्र बैंकमा सुकिला नोटहरू प्रशस्तै छन् । हामीसँग भएका नोटलाई बजारमा पठाउन पनि यो वर्ष नयाँ नोट छपाइ नगरिएको हो ।”

सर्वसाधारणले राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सातवटै प्रादेशिक कार्यलय र नजिकैका बैंक तथा वित्तीय संस्थाबाट पनि सुकिला नोट सटही गर्न सक्ने छन् । सर्वसाधारणले आफ्नो खाता रहेको बैंकमा गएर पनि सुकिला नोट साट्न सक्ने छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २६, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro