राजनीति

काठमाडौं । नेकपा (एमाले)का सांसद दामोदर पौडेल बैरागीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सभामुखको आसनअगाडि जुत्ताचप्पल खोलेपछि नियमापत्ति जनाएका छन् ।
भिजिट भिसा प्रकरणमा छानबिन बनाउपर्ने मागसहित रास्वपाले वेल घेराउ गरेर विरोध गरिरहेको छ । उनीहरूले वेलमै जुत्ताचप्पल खोलेर ध्यान बसेको शैलीमा मौन विरोध जनाएका थिए ।
एमाले सांसद बैरागीले आन्दोलन गर्दा सभामुखको आसनअगाडि जुत्ताचप्पल राखिनु संसदीय मर्यादाविपरीत भएको भन्दा सभामुखको ध्यानाकर्षण गराएका थिए ।
सभामुखको आसनमा उपसभामुख इन्दिरा राना थिइन् । उनले आफ्नो ध्यानाकर्षण भइसकेकाले बस्न आग्रह गरेकी थिइन् ।
प्रकाशित मिति: सोमबार, असार २, २०८२ १४:४४
प्रतिक्रिया दिनुहोस्