site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
नयाँ विरोधी कानुनलाई लिएर पाकिस्तानमा ६ सांसद पक्राउ

इस्लामाबाद । नयाँ विरोधी कानुनलाई लिएर पाकिस्तानमा ६ सांसद मंगलबार पक्राउ परेका छन् । जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीका ६ पाकिस्तानी सांसदलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) पार्टीका हजारौँ समर्थक आइतबार राजधानी इस्लामाबादमा भेला भएको एक जुलुसमा अश्रु ग्यास प्रहार गरिएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

पूर्वक्रिकेट खेलाडी खान गत वर्ष अगस्टमा धेरै आरोपमा जेल गएपछि पार्टीले व्यापक आलोचनाको सामना गर्नुपरेको छ । खानले ती आरोप राजनीतिबाट प्रेरित भएको र आफूलाई सत्ताबाट टाढा राख्न डिजाइन गरिएको बताएका छन् ।

सांसदहरू इस्लामाबादमा आतंकवादविरोधी अदालतमा प्रस्तुत भएको र एक न्यायाधीशले उनीहरूलाई आठ दिनका लागि हिरासतमा पठाएका छन् । अदालतमा एएफपीले प्राप्त गरेको आरोपपत्रअनुसार उनीहरूमाथि गत साता पारित शान्तिपूर्ण सभा र सार्वजनिक व्यवस्था ऐन, २०२४ को उल्लंघन गरेको आरोप लगाइएको छ । आरोपपत्रमा हिरासतमा पठाउने कूल ३४ जनाको नाम राखिएको थियो ।

आइतबारको जुलुसपछि ‘अधिकारीहरूमाथि आक्रमण’, ‘सशस्त्र दंगा’, र ‘गैरकानुनी सभा’ का बारेमा प्रहरी उजुरीको सामना गर्ने सांसदहरूसँग अदालतमा प्रस्तुत भएका पीटीआई नेता एवं वरिष्ठ वकिल मुहम्मद शोएब शाहिनलाई पनि हिरासतमा पठाइएको छ ।

“मलाई साँझ करिब साढे ७ बजे मेरो कार्यालयबाट लगियो,” उनले भने, “यस्ता सानातिना अवरोधले हामीलाई रोक्न सक्तैन, हामी इमरान खानको सिपाही हौँ र उहाँसँगै उभिएका छौँ ।” रासस/एएफपी
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro