देश
काठमाडौं । नागढुंगा क्षेत्रमा गएको पहिरो गएराति प्रहरीले पन्साएरको छ । नाग मन्दिर नजिक गएको पहिरो राति साढे १ बजे पन्साएर सकिएको प्रहरीले जनाएको छ ।
“गएराति साढे १ बजे पहिरो पन्साउने काम सकिएपछि दुईतर्फी नै सडक सुचारु भएको छ,” नागढुंगा प्रहरी चेक पोष्टका प्रहरी निरीक्षक हेम थपलियाले भने ।
अवरुद्ध राजमार्ग खुले पनि लामो जाम भएकाले विस्तारै अवस्था सहज हुनेक्रममा रहेको उनले जानकारी दिए ।
राजधानी प्रवेश गर्ने मुख्य नाका बन्द हुँदा हजारौँ सवारी साधन अलपत्र परेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१ ०८:३३
प्रतिक्रिया दिनुहोस्