site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रिय संकट अन्त्य गर्न ठूला दलबीच समीकरण : शंकर पोखरेल
फाइल तस्बिर ।

कर्णाली । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले देशमा विद्यमान राष्ट्रिय संकट अन्त्य गर्न दुई ठूला दलबीच गठबन्धन भएको बताएका छन् । 

नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी हुन आएका महासचिव पोखेरलले आज सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाली कांग्रेस र एमालेबीचको समीकरणको उद्देश्य मुलुकलाई संकटबाट बचाउनु रहेको उल्लेख गरे ।

“समीमकरणको मूल उद्देश्य देशको लोकतन्त्रलाई सही दिशामा लैजाने, अहिलेसम्मका संवैधानिक कानुनी अभ्यासको समीक्षा गर्ने र संविधानको आवश्यक सुधार गरी देशलाई स्थायित्व प्रदान गर्ने संकल्प हो,” उनले भने । 

महासचिव पोखरेलले यो सरकार बनेपछि अर्थतन्त्र चलायमान हुन थालेको भन्दै युवाहरूलाई स्वदेशमा रोजगारीका अवसर सिर्जना गर्न ‘स्टार्टअप’ परियोजना सुरु गरी बिनाधितो कर्जा लिने व्यवस्था गरिएको जानकारी दिए । उनले युवालाई देशभित्र बस्ने र आशा जगाउने गरी पैरवी गर्न यस क्षेत्रमा कलम चलाउन पत्रकार तथा सञ्चारकर्मीहरूलाई आग्रह गरे ।

एमालेलाई राष्ट्रिय निर्णायक शक्तिका रूपमा निर्माण गर्ने अभियानलाई पूरा गर्न १८ कार्ययोजना बनाएर अगाडि बढाइएको महासचिव पोखरेलले जानकारी दिए । कांग्रेस–एमाले दुवै दल आगामी निर्वाचनमा एक्लाएक्लै लड्ने उनले बताए । 

सत्ताबाट बाहिरिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं संसद्को प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

समानुपातिक समावेशीतालाई सुरक्षित राखेर देशलाई स्थायित्व दिन संविधानको आवश्यक संशोधन गर्न खोजिएको भन्दै त्यसमा सबैलाई साथमा लिएर अगाडि बढ्ने उनले उल्लेख गरे । रासस

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro