site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस–एमालेबीच कुनै मतभेद छैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा कांग्रेस र एमालेबीच मतभेद नरहेको बताएका छन् । 

बुधबार काठमाडौंमा नेपाल निजामति कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रजातन्त्र र गणतन्त्रको रक्षाका लागि कांग्रेस र एमोलबीच कुनै मतभेद नरहेकाले पूरा समर्थन रहने उल्लेख गरे । उनले देशको अवस्था चुनौतीपूर्ण रहेको भन्दै कर्मचारीहरूमा अझ यसको प्रभाव पर्ने बताए । 

उनले चुनौतीलाई बुझेर काम गर्न आवश्यक रहेको बताए । एमाले र कांग्रेस मुख्य प्रतिस्पर्धी राजनीतिक दल भएको उल्लेख गर्दै कतिपय ठाउँमा समस्या भए पनि समस्याको समाधान गर्नु नै आफूहरूको कर्तव्य भएको धारणा राखे । यसबारेमा कुनै चिन्ता नलिइकन सरकारले गरेका निर्णयहरूको कार्यान्वयन गर्न कर्मचारीहरूलाई निर्देशन दिए । 

उनले भने, "अहिले चुनौतीपूर्ण ढंगको अवस्था पनि छ । चुनौतीपूर्ण अवस्थामा कर्मचारी युनियनका साथीहरू अझ बढी जागरुक हुनुहुनेछ । कहाँ चुनौती छ, सबैले बुझ्नुभएको छ । प्रजातान्त्रिक प्रणालीलाई हामीले जोगाउनु छ । त्यसमा हामी सबै लाग्नुछ । यसका सम्बन्धमा आफ्ना आफ्ना मतभेद होलान् । एमालेसँग कांग्रेस र कांग्रेससँग एमाले पार्टीको होलान् । तर एउटा कुरामा यो बहुदलीय प्रजातन्त्रिक प्रणाली र गणतान्त्रिक व्यवस्थाको सम्बन्धमा हामी दुई पार्टीका बीचमा कुनै मतभेद छैन ।"

प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro