site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादी सांसदको माग– प्रचण्डलाई ‘जनक’ भनिनुपर्छ, नोबेल पुरस्कार दिनुपर्छ 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जनक भनिनुपर्ने माग राखेका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा उनले शान्तिका लागि अथक प्रयास गरेकाले नोबेल पुरस्कार दिइनुपर्ने पनि बताए । 

“जनयुद्ध लडेका पार्टीका कमान्डर प्रचण्ड लोकतन्त्र, नागरिक र समावेशी समानुपातिकको पक्षमा लड्नुभयो । आन्दोलनको नेतृत्वकर्ता भएका कारणले रामजस्तै उहाँलाई जनक भनिनुपर्छ,” उनले भने, “शान्तिका लागि अथक प्रयास गर्नुभएको कारणले उहाँलाई नोबेल पुरस्कारको प्रस्ताव गर्नुपर्छ र दिनुपर्छ भन्ने माग राख्दछु ।” 

Dabur Nepal
NIC Asia

उनले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल नपुर्‍याउन पनि आग्रह गरे । उनले विभिन्न कालखण्डमा भएका घटनालाई हिंसा भन्ने भनि प्रश्न सोधे । 

उनले राम र रावणको युद्ध हिंसा हो भनि प्रश्न गरे । “रामायणमा राम र रावणको युद्ध भयो । रावणको मृत्यु भयो । लंका जल्यो । राम र रावणको युद्ध नभएर हिंसा हो त ?,” उनले प्रश्न गरे । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राम र रावणको युद्धलाई हिंसा भनेर रामको मूर्ति बालुवाटारबाट चितवन किन पुर्‍याउनुभयो भनि सोधे । उनले नेपालको एकीकरणमा कीर्तिपुर कब्जा गर्दा हत्या हो कि भन्ने निर्क्योल गर्नुपर्ने समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro