site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसद झाको प्रश्न– मन्त्रीले ‘जिब्रो थुतिदिन्छु’ भन्छन् भने कहाँको वाक् स्वतन्त्रता ? 
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । 

प्रतिनिधिसभा बैठकमा मंगलबार उनले सरकारका प्रवक्ताले प्रहरी संगठनका प्रमुखले बोल्दा ‘जिब्रो थुतिदिन्छु’ भन्दा कहाँको वाक् स्वतन्त्रता हो भनि प्रश्न गरे । “लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन हो । प्रहरी संगठनका प्रमुखले सांगठनिक चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता तथा मन्त्रीले जिब्रो थुतिदिन्छु भनेर भन्छन् भने कहाँको वाक् स्वतन्त्रता र कहाँको लोकतन्त्र ?,” उनले सोधे । 

उनले एमालेका अग्रज नेताले पहिले आफ्ना मन्त्रीलाई सभ्यता सिकाउन सुझाव पनि दिए । “हामीले त्यही दलका पाका अग्रजहरूले सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ । आफ्नै मन्त्रिपरिषद्को मन्त्रीलाई पहिला सिकाउनुुस्,” उनले भने । 

गएको शनिबार पोखरामा भएको कार्यक्रममा सञ्चारमन्त्रीले आईजीपीको जिब्रो थुतिदिनुपर्ने भन्ने अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले तरंग पैदा गरेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro