site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तहमा पार्टीको अवस्था खोजीमा एकीकृत समाजवादी (सर्कुलरसहित) 

काठमाडौं । स्थानीय तहमा नेकपा (एकीकृत समाजवादी)को अवस्थाबारे खोजी थालिएको छ । महासचिव घनश्याम भुसालले परिपत्र जारी गर्दै उपनिर्वाचन हुने स्थानीय तहमा पार्टीको अवस्था र वस्तुस्थिति कस्तो छ भन्ने केन्द्रलाई जानकारी गराउन निर्देशन दिएका छन् ।

“निर्वाचनमा खडा गरिने उमेदवारको खोजी र घोषणा साथै निर्वाचनमा अन्य पार्टीसँग तालमेल हुन सक्ने अवस्था छ छैन ? त्यसको तथ्यपरक विश्लेषण गरी पठाउने,” परिपत्रमा उल्लेख छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपनिर्वाचन २०८१ परिचालन कमिटी समेत गठन गरिएको छ । कमिटीमा उपाध्यक्ष, उपमहासचिव, सचिव, कानुन व्यवसायी र पोलिटब्युरो सदस्य छन् ।

परिचालन कमिटीको बैठकबाट सातै प्रदेशमा रिक्त स्थानीय तहका विभिन्न पदमा आवश्यक कार्ययोजना बनाउन नेताहरूलाई जिम्मेवारी दिइएको छ । कोसीमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसमा धर्मनाथ साह, वाग्मती प्रदेशमा उपाध्यक्ष गंगालाल तुलाधरलाई जिम्मेवारी दिइएको छ ।

गण्डकीमा सचिव श्रीनाथ बराल, लुम्बिनीमा नेता मेटमणि चौधरी, कर्णालीमा उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष भानुभक्त जैशीलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश अध्यक्ष, सचिव, जिल्ला इन्चार्ज, सहइन्चार्ज र अध्यक्ष सम्मिलित उपनिर्वाचन तयारी समिति पनि गठन गरिएको परिपत्रमा उल्लेख छ ।

स्थानीय तहका रिक्त पदमा आउँदो मंसिरमा उपनिर्वाचन गराउने सरकारको तयारी छ ।

परिपत्र पढ्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ११:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro