site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चितवनमा डेंगी संक्रमणबाट मृत्यु

चितवन । डेंगी संक्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष छन् ।
 
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिए । उनका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।
   
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ७२७ जनामा डेंगीको संक्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५३२ जना चितवनका र अन्य जिल्लाका छन् । रासस

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro