site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जनालाई सीआईबीले गर्‍यो पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एभरट्रस्ट सहकारीका उपाध्यक्षसहित पाँच जनालाई पक्राउ गरेको छ । काठमाडौंको चुच्चेपाटीमा कार्यालय रहेको सहकारीको सञ्चालक समितिका उपाध्यक्ष बबिता डंगोलसहित पाँच जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा बालुवाटारकी ३९ वर्षीय उपाध्यक्ष डंगोलसिहत, सचिव हाँडीगाउँका ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ओखलढुगांका ३७ वर्षीय विष्णुप्रसाद फुयाँल, सदस्यहरू ललितपुरका ४८ वर्षीय रामलाल महर्जन र भक्तपुरमा ४६ वर्षीय अमरभाई बज्राचार्य छन् ।

उनीहरूमाथि १५ करोड ९१ लाख रुपैयाँ बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप लागेको छ । उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट आठ दिनको म्याद लिएर अनुसन्धान थालेको सीआईबीका प्रवक्ता  प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

सीआईबीले उक्त सहकारीका पीडित निक्षेपकर्ताहरूलाई ब्युरोमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।


 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro