site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पारा ओलम्पिकमा कांस्य जितेकी पलेसालाई पूर्वराजा ज्ञानेन्द्रको बधाई 

काठमाडौं । फ्रान्समा भएको पारा ओलम्पिकमा कांस्य पदक जितेकी नेपालकी पलेसा गोवर्धनलाई पूर्वराजा ज्ञानेन्द्र शाहले बधाई तथा शुभकामना दिएका छन् । उनले ओलम्पिक इतिहासमा ६० वर्षपछि पदक प्राप्त भएको भन्दै खुसी व्यक्त गरेका छन् । 

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, “पेरिसस्थित ग्रान्ड प्यालेसमा भएको पारा ओलम्पिकमा तेक्वान्दोकी पलेशा गोवर्धनले कांस्य पदक जितेर ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक प्राप्त गरेको सुखद खबरले हामीलाई खुसी तुल्याएको छ ।” 

उनले देशको प्रतिकूल परिस्थितिमा जितेको पदकले खेलकुल क्षेत्रमा मात्र सफलता प्राप्त नभएर राष्ट्रिय गौरव बढाएको उल्लेख गरेका छन् । “देशले विभिन्न चुनौतीहरूको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौँ प्रतिकूलताका बावजुत जुन सफलता हासिल गरेकी छन् यसले नेपाली खेलकुद इतिहासमै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महसुस गरेका छौँ,” पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव डा. फणिराजा पाठकमार्फत सार्वजनिक विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनसहित तेक्वान्दो एसोसियसन र तेक्वान्दो टिमलाई यो सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १३:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro