site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानमा शक्तिशाली सानसान आँधीको गति घट्यो
तस्बिर : रोयटर्स ।

टोकियो । जापानमा शक्तिशाली आँधीका कारण शनिबार पनि उडान र रेलसेवा अवरुद्ध रहेको जनाउँदै अधिकारीहरूले भारी वर्षासँगै सम्भावित बाढीपहिरोको चेतावनी दिएका छन् ।

सानसान दशकौँको अन्तरालमा जापानमा आएको सबैभन्दा भयानक आँधी हो । बिहीबार त्यो क्युसु टापुमा अवतरण भएको थियो ।

सुरुआती समयमा आँधी २५२ किलोमिटर प्रतिघण्टाको गतिमा बहेको थियो । उक्त आँधीको गति पछिल्लो समयमा ९० किलोमिटर प्रतिघण्टामा झरेको फायर एन्ड डिजास्टर म्यानेजमेन्ट एजेन्सीले जनाएको छ । 

आँधीका कारण कम्तीमा ६ जनाको मृत्यु भएको । १२० जनाभन्दा बढी घाइते छन् ।

एजेन्सीका अनुसार, पछिल्लो समयमा आँधीको गति घटेसँगै ‘डाउनग्रेड’ गरिएको, सानसान शनिबार पश्चिमी क्षेत्रबाट पूर्वतिर सर्दै गएको छ ।

आँधीको गति घटे पनि प्रभाव कायम रहेकाले एएनए र जापान एयरलाइन्सले शनिबारका निम्ति करिब ६० आन्तरिक उडान रद्द गरेका छन् । बाढीको कारण देखाउँदै मध्य सहर नागोयामा सिकाङ्नसेन बुलेट ट्रेन सेवा पनि स्थगन गरिएको थियो ।

जापान मौसम विज्ञान एजेन्सीले बाढीपहिरो तथा नदीमा पानीको उच्च बहावको अनुमान गरी चेतावनी जारी राखेको छ । उत्तरी होक्काइडोका केही सहरहरूमा भारी वर्षा भएको छ ।

अपरेटरका अनुसार, दक्षिणी कागोशिमा क्षेत्रका ३२ हजारभन्दा बढी घरहरू सानसानको प्रभावले गर्दा विद्युत्विहीन भएका छन् ।

वैज्ञानिकका अनुसार, जलवायु परिवर्तनका कारण जापानलगायत अरू ठाउँमा मौसमी प्रतिकूलता र जोखिम बढेको छ ।

सन् २०२१ मा अत्यधिक वर्षाका कारण केन्द्रीय रिसोर्ट सहर अटामीमा विनाशकारी बाढीपहिरोबाट २७ जनाको मृत्यु भएको थियो ।

२०१८ मा पश्चिमी जापानमा बाढीपहिरोले २०० भन्दा बढी मानिसको ज्यान लिएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro