site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एक्टर’मा के हो राजबल्लभको भूमिका ?
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘एक्टरः टेक वान’बाट अभिनयमा कमव्याक गरेका अभिनेता राजबल्लभ कोइरालाको क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको उनको जन्मदिनको अवसर पारेर क्यारेक्टर थिम पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्ट प्रोडक्सनमा रहेको चलचित्रको सार्वजनिक पोस्टरमा कोइराला मात्र चित्रित छन् । जसमा सिगार सेवन गरिरहेका राजबल्लभले नायक प्रदीप खड्काको तस्वीर हेर्दै गरेको देखिन्छ । 

दाह्री र जुँगामा रहेका राजबल्लभको लुक्स, अगाडिको टेबल र पृष्ठभूमि हेर्दा उनी अनुसन्धानकर्मी हुनसक्ने अनुमान लगाउन सकिन्छ । अभिनेता कोइरालाको यही चलचित्रबाट १० वर्षपछि पुनरागमन गर्दै छन् ।

कात्तिक १५ गते (लक्ष्मीपूजा)बाट प्रदर्शन हुन लागेको ‘एक्टर’मा प्रदीप र राजवल्लभसँगै अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ ।

अभिनेता दीलिप रायमाझीकी छोरी दिव्याको यही चलचित्रबाट डेब्यु गरेकी हुन् । अभिनेता खड्काले पहिलो पटक चलचित्रमा पर्दामा आना र दिव्यासँग सहकार्य गरेका छन् ।

राजन भुसालको निर्देशन रहेको चलचित्रका निर्माता थमन कुमार भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०७:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro