site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाइजोपीडित कञ्चनले दिइन् श्रीमान्‌विरुद्ध उजुरी
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सर्लाहीकी कञ्चन रौनियारले दाइजोको निहुँमा आफूमाथि अमानवीय घटना भएको भन्दै श्रीमान्‌विरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छिन् ।

कञ्चनको सर्लाहीको हरिवन नगरपालिका–९ का रोहित गुप्तासँग १० असार २०७९ मा विवाह भएको थियो । विवाहलगत्तै गुप्ताको परिवारले दाइजोको निहुँमा कञ्चनलाई यातना दिन सुरु गरेको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कञ्चनले जाहेरीमा उल्लेख गरेअनुसार विवाहकै समयमा माइती पक्षले १५ लाख रुपैयाँ र करिब १८ लाख बराबरको गरगहनासँगै घरायासी सामान पनि दाइजो दिएको थियो । तर, विवाहको दुई महिनापछि नै फेरि उनीसँग ५० लाख रुपैयाँ माग गरिएको थियो ।

कञ्चनका अनुसार २०७९ को छठ पर्वपश्चात् उनलाई घरबाट निकाला गरियो । त्यसयता उनी माइतीमा बस्दै आएकी छन् । यही बीचमा कञ्चनको माइतीले ६ लाख रुपैयाँ नगद र १० लाख रुपैयाँ चेकमार्फत दिएको कुरा उनले जाहेरीमा उल्लेख गरेकी छन् । यति हुँदा पनि गुप्ताको परिवारले आफूलाई कुटपिट गर्ने र निरन्तर दुव्र्यवहार गर्ने गरेको कञ्चनले जाहेरीमा उल्लेख गरेकी छन् । नगरपालिकाको न्यायिक समिति र स्थानीय प्रहरीले समेत सहयोग नगरेको कुरा उनले जाहेरीमा लेखेकी छन् ।

Royal Enfield Island Ad

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १७:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro