site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
टुँडिखेलबाट गिरफ्तार युवाले कसैलाई हात हालेका छैनन्, रिहा गरियोस् : पौडेल 

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले गौरा पर्वमा नारा लगाउँदा पक्राउ गरिएका युवालाई रिहा गर्न माग गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले ती युवाले कसैलाई हात नहालेको पनि बताए ।

“टुँडिखेलमा गिरफ्तार भएका युवाहरूले कुनै अपराध गरेका छैनन् । गोपीकृष्ण, दीपक र रामबहादुरले कसैलाई हात हालेका छैनन् । कसैमाथि हमला गरेका छैनन्,” पौडेलले भने ।

Dabur Nepal
NIC Asia

नारा लगाएकै आधारमा गिरफ्तार नगर्न उनले आग्रह गरे । “कसैको बारेमा नारा लगाए, भिडियो फुटेज हेरियोस् । त्यतिका आधारमा गिरफ्तार नगरियोस् । रिहाइ गरियोस्,” उनले भने ।

जनताले लडेर ल्याएको व्यवस्था प्रयोग गर्न पाउने अधिकार उनीहरूसँग रहेको उनले उल्लेख गरे ।

यही भदौ १३ गते काठमाडौंको टुँडिखेलमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको भन्दै तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सुर्खेतका गोपीकृष्ण जैसी, कञ्चनपुरका दीपक ठगुन्ना र अछामका रामबहादुर बुढालाई पक्राउ गरिएको हो । सार्वजनिक शान्तिविरुद्धको मुद्दामा उनीहरूविरुद्ध अनुसन्धान थालिएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro