site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
रोनाल्डोको टोली अल–नासरको सहज जित 

काठमाडौं । साउदी प्रो लिगमा क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल–नासरले पहिलो जित निकालेको छ । नासरले मंगलबार भएको खेलमा अल फेइहाविरुद्ध ४–१ को सहज जित निकालेको हो ।

किंग अब्दुल्लाह स्पोर्ट सिटी रंगशालामा भएको खेलमा अल–नासरलाई जित दिलाउन टालिस्काले दुई गोल गरे । यस्तै, रोनाल्डो र मार्सेलो ब्रोजोभिचले समान एक गोल थपे । अल फेइहाका फासन साकालाले एक गोल फर्काएका थिए ।

Dabur Nepal
NIC Asia

खेलको पाँचौँ मिनेटमा टालिस्काले गोल गर्दै अल–नासरलाई अग्रतामा राखेका थिए । पहिलो हाफको इन्जुरी समयमा पोर्चुगिज स्टार रोनाल्डोले अल–नासरको अग्रता दोब्बर बनाए । ८५औँ मिनेटमा ब्रोजोभिचको गोलमा नासरले अग्रतालाई ३–० मा पुर्‍याएको  थियो । तर, त्यसको अर्को मिनेटमा नै साकालाले गोल फर्काउँदै अल फेइहालाई ३–१ को स्थितिमा ल्याए । 

इन्जुरी समयमा टालिस्काले दोस्रो गोल गरेपछि नासरले सहज जितसहित तीन अंक पक्का गरेको हो । जितसँगै दुई खेलबाट चार अंक जोडेको नासर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लिगको दुवै खेलमा पराजित भएको अल फेइहा भने तालिकाको पुछारमा छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १२, २०८१  ०९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro