site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेलले गरे पाल्पाको ऐतिहासिक रथजात्राको अवलोकन
SkywellSkywell

पाल्पा । राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको ऐतिहासिक श्री ७ रणउजीरेश्वरी भगवती २०५औँ रथजात्रा (खटयात्रा)को अवलोकन गरेका छन् । प्रथम महिला सविता पौडेलसहित मंगलबार पाल्पा आइपुग्दा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे ।

राष्ट्रपतिलाई जनस्तरबाट समेत स्वागत गरिएको छ । पाल्पाको ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकनका लागि पहिलोपटक राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति पौडेल पुगेका हुन् ।

जात्रामा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे एवं रक्षामन्त्री मानवीर राईसमेत पाल्पा पुगेका छन् ।

Dabur Nepal
NIC Asia

Paudel-(3)-1724764122.jpgजात्राको अवलोकनसँगै राष्ट्रपतिले भगवती मन्दिरमा पूजा–आराधना गरे । त्यसपछि राष्ट्रपति पौडेल 'द फेमस महिन्द्र दल गण'को निरीक्षण गर्नुका साथै पाल्पाका निर्वाचित जनप्रतिनिधिलगायतका सरोकारवाला निकायसँग भेटघाट गरे ।

राष्ट्रपतिका प्रेस सल्लाहाकार किरण पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपतिले खटयात्राको अवसरमा सबै नेपालीको सुख, शान्ति र कल्याणका लागि शुभकामना दिएको बताए । पोखरेलका अनुसार राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीनतले बनाउन पुरातात्त्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।

Paudel-(2)-1724764121.jpgत्यस्तै, पाल्पा दरबार र त्यहाँ निर्मित संग्रहालयसहित समग्र दरबार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने चाहना र प्रयासलाई मूर्तरूप दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रपति पौडेलले रथ यात्रालाई अब प्रदेशस्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पूरा हुने विश्वास व्यक्त गरेको पनि सल्लाहकार पोखरेलले जानकारी दिए । 

Paudel-(4)-1724764125.jpgनेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ ।

Paudel-(1)-1724764127.jpg
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu