site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रचण्डलाई रघुजीको सुझाव : दलको नेता जनार्दनलाई दिनुस् 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संविधान पढ्न सुझाव दिएका छन् । सांसद पन्तले संविधानले दिएको पद पनि तपाईंहरूनै राख्नुस् भन्दै दिएको अभिव्यक्तिमा आपत्ति जनाउँदै यस्तो सुझाव दिएका हुन् ।

“तपाईंले यो प्रतिपक्षी दलको नेता पनि तपाईंहरू नै राख्नुस् भन्नुभयो । संविधान त पढ्नुस् नेताज्यू,” पन्तले भने, “तपाईंले दिएर पाउने हो प्रमुख प्रतिपक्षी दलको नेता ? प्रमुख प्रतिपक्षी दलको नेता बन्न मन लाग्दैन भने छेवैमा हुनुहुन्छ जनार्दनजी दिनुभए हुन्छ ।” 

उनले प्रधानमन्त्री पद गएको छटपटी किन देखाएको भन्दै प्रश्न गरे । उनले जता सत्ता उतै प्रचण्ड भन्ने तपाईंले नै स्थापित गरेको होइन भन्दै प्रश्न गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १५:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro