site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जापानमा चक्रवातका कारण उडान र रेल सेवा अवरुद्ध
SkywellSkywell

टोकियो । दक्षिण जापानमा मंगलबार भारी वर्षासँगै आएको एउटा शक्तिशाली चक्रवात दक्षिणी जापानतर्फ अघि बढेसँगै देशको उडान र रेल सेवा अवरुद्ध भएका छन् । 

‘टाइफुन सानसान’ प्रतिघण्टा २१६ किलोमिटरको गतिले दक्षिणी अमामी द्वीपसमूहतर्फ अघि बढिरहेको मौसम पूर्वानुमानकर्ताले बताएका छन्  । 

KFC Island Ad
NIC Asia

भारी वर्षाका कारण हामामात्सु र टोयोहाशीको मध्यसहरमा बुलेट रेल सेवा अवरुद्ध गरिएको थियो । जापान एयरलाइन्सले मंगलबार र बुधबार ११६ वटा आन्तरिक उडान र ६ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द गर्ने बताएको छ । 

मध्य सिजुओका क्षेत्रमा भारी वर्षा र सम्भावित भूस्खलन र दक्षिणी अमामी क्षेत्रमा आँधीको चेतावनी दिँदै जापान मौसम विज्ञान विभागले त्यहाँका बासिन्दालाई सम्भावित खतरनाक ठाउँमा नबस्न आग्रह गरेको छ । ‘टाइफुन सानसान’ यस हप्ताको अन्त्यमा मुख्य दक्षिणी टापु क्युशुतर्फ लाग्ने अपेक्षा गरिएको छ । 

Royal Enfield Island Ad

जापानमा आएको आँधीले यस महिना सयौं उडान र रेल सेवा अवरुद्ध गरेको छ । भारी वर्षाको बावजुद टाइफुन सानसानले टोकियो सहर पार गरी प्रशान्त तटतर्फ अघि बडेकाले सहरमा सामान्य क्षति पुगेको छ । 

तटीयरेखाको नजिकमा रहेका क्षेत्रमा बारम्बार आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव तीव्र र लामो समयसम्म रहने गत महिना जारी एक अध्ययनले जनाएको छ । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ११:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro