site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘आउट ल : दफा २१९’ असोज ३ मा नआउने 

काठमाडौं । चलचित्र ‘आउट ल : दफा २१९’को प्रदशर्न मिति सरेको छ । प्रोस्ट प्रोडक्सन र छायांकनको केही काम नसकिएकाले पूर्वनिर्धारित मितिमा चलचित्र प्रदर्शन नहुने निर्माणपक्षले जनाएको छ । 

“समय तालिकामै चलचित्र रिलिज गर्ने हाम्रो अथक प्रयास रहे पनि बाँकी छायांकन र पोस्ट–प्रोडक्सन कार्यहरूलाई अपेक्षा गरिएभन्दा बढी समय लाग्ने देखिएको छ,” विज्ञप्ति जारी गर्दै निर्माणपक्षले भनेको छ, “परिणामस्वरूप हामी असोज ३ को लागि तय गरिएको रिलिज मितिमा नआउने निर्णय गरेका छौँ ।” 

अभिनेता सुशिल श्रेष्ठ चलचित्रको मुख्य भूमिकामा छन् । सुशीलसँगै शिक्षा संग्रौला, नरेश पौड्याल, सुमन भण्डारी, हेम गुरुङ, सोनी ल्यागुन र बिशाल पहारीको अभिनय रहेको छ । चुल्ठे काजीको एक्सन रहेको सिनेमालाई अशोक शर्माको डीसीएनले वितरण गर्दै छ ।

बिक्की महर्जको लेखन तथा निर्देशन रहेको चलचित्रमा अमित अग्रहरिको लगानी छ । विनोद कडायत कार्यकारी निर्माता रहेको सिनेमाको सह–निर्माता विकाश चौधरी हुन् ।

स्याडो पिक्चर्स तथा रेट्रो फिल्मस्को व्यानर निर्माण भएको सिनेमामा नवीन गुरुङको छायांकन र ट्रेलर मास्टर साहिल खानको सम्पादन छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro