site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलद्वारा लेबनानमाथि आक्रमण, हिजबुल्लाहका अखडा निसाना 

काठमाडौं । इजरायलले लेबनानमा रहेका हिजबुल्लाहमाथि आक्रमण सुरु गरेको छ । इजरायली सेनाका लडाकु विमानले हिजबुल्लाह रहेको क्षेत्रमा आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन् । 

हिजबुल्लाहले इजरायलमाथि रकेट र मिसाइल आक्रमण गरेपछि जवाफमा कारबाही गरिएको इजरायलले जनाएको छ । 

इजरायल डिफेन्स फोर्सका प्रवक्ता ड्यानियल हगारीले भने, “हामीले हिजबुल्लाहको मिसाइल र रकेट आक्रमणलाई रोक्न आत्मरक्षाका लागि लेबनानमा आक्रमण गरेका छौँ ।”

इजरायलले लेबनानमा आक्रमण गर्नुअघि सर्वसाधारणलाई हिजबुल्लाह क्षेत्रबाट तुरुन्तै बाहिरिन चेतावनी दिएको बताइएको छ ।

करिब तीन दिनअघि इजरायली सेनाले दक्षिणी लेबनानमा हिजबुल्लाहका १० वटा स्थानलाई निसाना बनाएको थियो । इजरायली लडाकु विमानहरूले लेबनान भित्रका हतियार भण्डार र सैन्य भवनहरूलाई निसाना भएको छ । 

लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको आक्रमणमा एकजनाको मृत्यु भएको र ३० जना घाइते भएको बताएको छ ।

इजरायली आक्रमणहरूको जवाफमा हिजबुल्लाहले गोलान हाइट्स क्षेत्रमा ५० भन्दा बढी मिसाइलहरू प्रहार गरेको थियो । 

हिजबुल्लाहले आफ्ना सैन्य कमान्डर फुआद शुक्रको हत्याको बदला लिन इजरायलमा ड्रोन र मिसाइल आक्रमण गरेको बताएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आफ्नो मन्त्रिपरिषद्को आपतकालीन सुरक्षा बैठक बोलाएका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro