site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बिरुडा पञ्चमी

सुदूपश्चिम प्रदेश  नेपाल अधिराज्यको सातौं प्रदेश, आफ्नै अद्भुत परम्परा, चालचलन, भेषभुषा, भाषा र संस्कृतिका लागि छुट्टै पहिचान भएको प्रदेश हो।   नेपाल संस्कृति र सम्पदा को धनी भनेर विश्व‌मै चिनिन्छ । सुदुरश्चिम प्रदेश जस्तै अन्य प्रदेशका पनि आफ्ना संस्कृति, चालचलन छन्।  प्रत्येक व्यक्तिलाई आफ्ना संस्कृति र परम्परा प्रिय हुन्छ्न। म सुदुरश्चिमको बासिन्दा भएको कारणले मेरो प्रदेश का प्रत्येक संस्कृति र परम्परा मेरा लागि विशेष हुन्छन्। म मेरो क्षमताले साथ दिए सम्म आफ्ना चलन लाई सदैव आत्मसात गर्दछु।

विभिन्न संस्कृति मध्ये  बिरुडा पंचमी पनि बिशेष ‌महत्वको चाँड हो। बिरुडा पंचमी गौरा सङ्ग सम्बन्धित पर्व हो। गौरामा शिव ‌पार्वतीको पुजा गरिन्छ । आफ्ना कुल र सन्तानको रक्षा ‌हेतु‌ यो व्रत बसिन्छ। गौरा, महेश्वर र पार्वतीको विवाह प्रसङ्गमा आधारित छ । सुदुरपश्चिमका महिलाहरूले श्रुति परम्परालाई टेकेर यो पर्व  युगौं दखि मनाउदै आइरहेकाछन्।  आदिकाल मा भृगु बर्ह्मण कि पत्नीले आफ्नो सतीत्व रक्षा हेतु माता पार्वती को आराधना गरिन् ।  माता पार्वती ले उनको भक्ति बाट प्रसन्न भई तेजिलो पुत्र प्राप्तिको आशीर्वाद दिइन्। माता पार्वतीलाइ सर्वशक्तिमान सम्झी  त्यसबेला बाट  विवाहित महिलाहरूले  गौरा महेश्वरको  व्रत बस्ने गर्छन। पति पत्नीको सम्बन्ध प्रगाढ बन्ने मान्यता बोकेको गौरा व्रत अटल सौभाग्यको कामना गरी सम्पूर्ण ‌परिवार‌जनको सुस्वास्थ्य, दीर्घायु, उन्नतिका लागि ‌विवाहित महिलाहरु द्वारा निराहार बस्ने‌ गरिन्छ।  

श्रावण शुक्ल एकादशीलाई गौरा एकादशी (पुत्रदा एकादशी) पनि भनिन्छ । यस पछि आउने भाद्र शुक्ल पञ्चमी तिथि लाई बिरुडा पञ्चमी  भनिन्छ।

सुदुरपश्चिमको मौलिक पहिचान बोकेको सबैभन्दा ठूलो पर्व "गौरा" बिरुडा‌ पंचमीको दिनबाट शुरु हुन्छ। तामा अथवा  पित्तलको भाँडोमा  (३ , ५ भाँडामा भिजाइन्छ ) प्रथम पाँच मुठी बिरुडा भिजाइन्छ र प्रथम भिजाएको भाँडाको बिरुडा प्रथमनै पखाल्नु पर्ने ‌मान्यता रहेको छ र उक्त बिरुडा आफ्नो इष्ट कुलदेवताका लागि राख्ने चलन छ । बिरुडा भिजाउने भाँडालाई गाईको गोबरका ३, ५  थोप्ला बनाएर  त्यसमाथी अबिर, केसरी, दुबो अक्षताले सिँगारी  पञ्च अन्नहरु (गहुँ, मास,गहत, गुँरुस र कलउँ) मिसाएर बिरुडा भिजाउने प्रचलन छ।

बिरुडा गौरीको प्रसाद हो। जनैपूर्णिमाको दिन बिरुडा भिजाउने  स्थानलाई गाईको गोबरले लिपपोत गर्ने, (वर्तमान समयमा आधुनिकता र‌ समय परिस्थितिले‌ गाईको गहुतँ र गंगा जल छर्केर  उक्त स्थान लाई शुद्ध ‌बनाइन्छ)  चौथीका दिन सम्म  बिरुडा राख्ने स्थानको शुद्धता देखि लिएर नयाँ चोखो लुगाको तयारी, बिरुडाका लागि गेडागुडी केलाएर तयार पार्ने जस्ता कार्य गरिन्छन् । पञ्चमीको दिनमा उक्त गेडागुडी लाई विधिपूर्वक पुजाआजा गरी भिजाउने चलन छ। षष्ठीका दिन नजिकको पानि पँधेरो मा बिरुडा लगेर पखाल्ने काम गरिन्छ। बिरुडा भिजाउने, पखाल्ने बेला मङ्गल गित 
(सुदुरपश्चिमको ‌भाषामा‌‌ फाग भनिन्छ्) गाउने चलन छ। 
गीत लोकभाषामा 
भदौ आइकी बिरुडा पंचमी व्रत लिया मुइले
कुठीपात नगरी त व्रत लिया मुइले 
सबै बिरुडी पाया महेश्वर कलौ बिरुडी नाइब पाया मुइले  

यसैगरी विभिन्न प्रसङ्गको बारे मा लय हालेर देवी देवताहरूलाई आव्हान गरी विन्ति गर्ने चलन छ । आफ्नो कुलको संरक्षण र वंशवृद्धिका लागि बिरुडा भिजाउने मान्यता रहेको छ । बिरुडा लाई अंकुरित बनाइन्छ, गेडागुडी अंकुरित पार्नु सकारात्मक र शुभ मानिन्छ ।

फाग गाउँदा भगवानको  प्रार्थना, समाजमा छोरी चेली का  दुःख का बिलौना आदि लाई भाका मिलाएर गाउने ‌गरिन्छ्। उक्त पर्व सुदुरपश्चिमका नौ ओटा जिल्ला लगायत भारतको कुमाउँ, गढवाल ‌ क्षेत्रमा बिशेष श्रद्धा भक्ति ले मनाइन्छ। दुई देशका पश्चिममी भेकका नागरिकहरुले मनाउने यो साझा पर्वले‌ पनि‌ भारत र नेपाल‌का नागरिकहरुको आत्मियता लाई बल पुरयाएको छ। 

सप्तमी र अष्टमी (गौराष्टमी, कृष्ण जन्माष्टमी) गौराको बिषेश  दिन हुन्। यस दिनमा गौरा महेश्वरको‌ विधिवत पूजा गरी दुवधागो लगाउने ‌चलन छ। पुरुषहरुको व्रतबन्ध गरेर जनै धारण गरे‌ जस्तै महिलाहरुले पनि विवाह पश्चात उजेली गौरा बाट ( गौराका दुई पक्ष हुन्छ्न उजेली र  अन्यारी  गौरा)  जोडी पारेर  ( दुइजना विवाहित) व्रत  प्रारम्भ गरी दुवधागो लगाउनु पर्छ। आज पनि गाँउ पहाड तिर दुवधागो नलगाएको महिला लाइ , ब्रतबन्ध नगरेको पुरुष जस्तै द्रष्टिले हेरिन्छ।यसै गरि बिभिन्न प्रसङ्गको बारेमा लय हालेर देवी देवता सगँ बिन्ती गरिन्छ।

अष्टमीका दिन गौरा देवीको पुजा गरे पश्चात् बिरुडालाई प्रसादको रुपमा ग्रहण गर्ने, आफ्न्तको घरमा बिरुडा पुराउने, बिरुडाले पुज्ने र अक्षता जस्तै निधारमा लगाउने र घर की महिला उमेर र नाता मा सानी भए पनि बिरुडाले पूज्ने गर्छिन् । (जस्तै बुहारीले ससुरा लाई  बिरुडा पुज्ने)  यसले परिवारमा ‌नारीको महत्व र उच्च स्थानलाई औल्याउछ। तसर्थ वैदिक संस्कृतिमा पनि भनिएको छ  "यत्र नार्यस्तु पुज्यते रमन्ते तत्र देवता "    

स्थान फरक अनुसार गौरा पूजन र पर्व महोत्सवका विधिहरूमा केहि भिन्नता देख्न सकिन्छ। गौरामा डेउडा खेल को अनिवार्यता देशभरिनै लोकप्रिय छ ।

परिवार बाट टाढा बसेका आफन्तका लागि बिरुडा सुरक्षित राख्ने, पठाउने चलन पनि छ। शक्ति रुपी आस्था कि देवी गौराको बिरुडा प्रसादमा अथाह शक्ति छ भन्ने मान्यता  रहेका सुदूरपश्चिमवासी  गौरा पर्व को  व्याकुलता र श्रद्धाका साथ प्रतीक्षा गर्दछ्न्।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro