site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
भारत समूह विजेता, नेपालले सेमिफाइनलमा भुटानसँग खेल्ने

काठमाडौं । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सविरुद्ध १–० को जित निकालेसँगै भारत समूह ‘बी’ को विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा भारतलाई जित दिलाउन मांग्लेनथान किप्गेन नायक बने । माल्दिभ्सले खेलको इन्जुरीसम्मै जब्बर रक्षापंक्ती बनाए पनि किप्गेनले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरे । उनले पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे ।

जितसँगै समूह विजेता बनेको भारतले सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता बंगलादेशलाई प्रतिद्न्द्वीको रूपमा पाएको छ । भारतले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानलाई १–० ले हराएको थियो ।

प्रतियोगिताको दुवै खेलमा हार बेहोरेको माल्दिभ्स भने समूह चरणबाट बाहिरिएको छ । माल्दिभ्स यसअघि पहिलो खेलमा भुटानसँग २–१ ले पराजित भएको थियो । भुटान समूह ‘ए’ को विजेता नेपाललाई प्रतिद्वन्दीको रुपमा पाएका छ ।

घरेलु टिम नेपालले समूह ‘ए’ का दुवै खेलमा जित निकाल्ने क्रममा श्रीलंकालाई १–० ले र बंगलादेशलाई २–१ ले हराएको थियो ।

प्रकाशित मिति: शुक्रबार, भदौ ७, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro