site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बस्तीमा पस्यो नदी, भजनीका अधिकांश क्षेत्र डुबानमा
पथरैया नदीमा आएको बाढीले कैलालीको भजनी नगरपालिका–८ मा डुबानमा परेको घर । तस्बिर : झलनाथ खनाल/रासस ।

कैलाली । कैलालीको भजनी नगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेको छ । आफ्ना घरआँगन जलमग्न भएपछि नगरवासी प्रभावित भएका छन् ।

बुधबारको निरन्तरको वर्षाले कान्द्रा, मोहना, काढा र पथरैया नदी बस्तीमा पसेपछि नगर क्षेत्रको जनजीवन प्रभावित भएको हो । पूर्ण रूपमा डुबानमा परेकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको स्थानीय खेमराज पाण्डेले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर–८ अधिक प्रभावित भएको छ । उक्त वडाका स्थानीयलाई नजिकका अग्ला भवन, विद्यालय र हुलाकी सडकमा व्यवस्थापन गरिएको छ । वर्षा नरोकिएकाले उनीहरूको व्यवस्थापनमा समस्या भएको छ ।

घरमा बाढी पसेपछि अन्नपात जोगाउन कठिन भएको स्थानीय कल्लु चौधरीले बताए । केही छिमेकी अन्नपात छाडेर ज्यान जोगाउनतर्फ लागेका उनको भनाइ छ ।

भजनी–५ मा कान्द्राको बाढीले हुलाकी राजमार्गमा पनि क्षति भएको छ ।

भजनी–५, लालभोझी क्षेत्रमा पनि बाढीबाट सयौँ परिवार विस्थापित भएका दिपेश बुढाले जानकारी दिए ।

जोशीपुरमा पनि बाढीबाट जनजीवन प्रभावित भएको छ ।

नगरपालिकाले आफ्नो स्रोत र साधनले भ्याएसम्म प्रभावितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको नगर प्रमुख केवल चौधरीले बताए । रासस

प्रकाशित मिति: बिहीबार, भदौ ६, २०८१  ०९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro