site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
काजकिस्तानकी कालिनोभाले मधेस युनाइटेडबाट खेल्ने 

काठमाडौं । इन्फिनिटी ड्रिम्सको आयोजनामा पहिलोपटक हुन लागेको महिला भलिबलको फ्रेन्चाइज लिग एभरेष्ट वुमन्स भलिबल लिग (इडब्लूभीएल)मा मधेस युनाइटेडले पहिलो विदेशी खेलाडी भित्र्याएको छ । 

काजकिस्तानकी अनुभवी खेलाडी कालिनोभा यभजिनियाले मधेस युनाइटेडबाट इडब्लूभीएल खेल्ने भएकी हुन् । उनी स्पाइकर पोजिसनमा खेल्नेछिन् । ३५ वर्षीया कालिनोभाले काजकिस्तानको राष्ट्रिय टिमका साथै काजकिस्तानको लिग खेलेको अनुभव छ । उनको उचाई १८० सेन्टिमिटर छ ।

Dabur Nepal
NIC Asia

कालिनोभाले मधेस युनाइटेडसँग अनुबन्ध भएकोमा खुसी व्यक्त गर्दै खेल्न उत्साहित रहेको बताइन् । “मधेस प्रदेशबाट पहिलो संस्करणको एभरेष्ट वुमन्स भलिबल लिग खेल्न म नेपाल आउँदैछु । मधेस युनाइटेडबाट खेल्दैछु । हाम्रो टिमलाई समर्थन गर्नुहोला ।” 

मधेस युनाइटेडकी अपरेसन हेड संज्ञा श्रेष्ठले कालिनोमालाई मधेस टिममा स्वागत गर्दै उनको अनुभवले टिमको लागि धेरै फाइदा पुग्ने बताइन् । मधेस युनाइटेडको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टिमकी स्पाइकर निरुता ठगुन्ना छिन् । 

यस्तै, नेपाली खेलाडीहरूको नाम पनि यसअघि नै सार्वजनिक भइसकेको छ । जसमा राष्ट्रिय टिमकी संगम महतो र शान्तिकला तामाङ तथा यू–२० टिमकी एलिशा मानन्धर र आशिका क्षेत्री छन् । यस्तै, हिरा केसी, पुजा थारु र जसना महतो पनि मधेस युनाइटेडको टिममा छन् । एभरेष्ट वुमन्स भलिबल लिगको पहिलो संस्करणमा ६ टोलीले सहभागिता जनाउनेछन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १९:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro