site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गाजाबाट ६ बन्धकको शव बरामद

जेरुसेलम । इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनुसबाट ६ बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ ।

बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसअघि नै मृत घोषित थिए । अब्राहम मुन्डरलाई मंगलबार बिहान मृत घोषणा गरिएको थियो । गुप्तचर तथा फरेन्सिक परीक्षणपछि शव बन्धकका परिवारलाई बुझाउने तयारी गरिएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।

बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका निम्ति परिवारको पर्खाइको समय सकिएको होस्टेज एन्ड मिसिङ फेमिलीज् फोरमले विज्ञप्तिमार्फत जनाएको छ । फोरमले इजरायली सरकारलाई वार्ता र सम्झौतामार्फत बाँकी बन्धक फिर्ताको निश्चित गर्न आह्वान गरेको छ ।

इजिप्ट, कतार अमेरिकालगायत मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टाइनी कैदीहरूको बदलामा बाँकी बन्धकको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन् ।

मंगलबार बरामद गरिएका ६ शवमध्ये मेट्जर, पेरी र डान्सिग गाजानजिकैको समुदाय निर–ओजका थिए । त्यो आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो ।

प्यालेस्टाइनी इस्लामिक कट्टरपन्थी समूहले मुन्डर, उनकी श्रीमती, छोरी र नाति समेतलाई अपहरण गरेको थियो । परिवारका अरू सदस्य नोभेम्बरको एक हप्ता लामो युद्धविरामका क्रममा रिहा गरिएका थिए । उनका छोरा आक्रमणकै दिन मारिएका थिए ।

इजरायली आधिकारिक तथ्यांकानुसार, हमासको आक्रमणमा अधिकांश नागरिकसहित इजरायलमा एक हजार १९९ जनाको मृत्यु भएको थियो । त्यहीक्रममा २५१ जनालाई बन्धक बनाइएको थियो । तीमध्ये १०५ जना अझै गाजामा बन्धक अवस्थामा छन् । ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

इजरायलको जवाफी आक्रमणले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टाइनीको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानवअधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला र बालबालिका रहेका जनाएको छ । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १६:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro