site stats
बाह्रखरी :: Baahrakhari
देश
दाङमा भारी वर्षा
फाइल तस्बिर । 

काठमाडौं । दाङमा भारी वर्षा भएको छ । राति २ बजेदेखि दाङमा भारी वर्षा भएको हो । 

दाङको पदमपुर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

Argakhachi Cement Island Ad

थप वर्षा हुनसक्ने सम्भावना रहेकाले उक्त क्षेत्र भएर बहने बबई र यसका सहायक नदीहरूमा तथा अन्य स–साना खोलामा बहाव केही बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ । 

पछिल्लो एक घण्टामा नवलपुरस्थित डण्डा वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यम वर्षा भएको छ । थप वर्षा हुनसक्ने सम्भावना रहेकाले नारायणी र यसका सहायक नदीहरूमा बहाव बढ्ने विभागले जनाएको छ । 


 

प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  ०५:४०
प्रतिक्रिया दिनुहोस्