site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री भन्छन्– पहिरोका कारण देशका कुनै पनि सडक दुई घण्टाभन्दा बढी अवरुद्ध हुन दिदैनौँ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनै पनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण तयारी अवस्थामा रहेकाले जहाँ पहिरो गए पनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताए ।

नागढुंगा–मुग्लिन सडक खण्डमा पहिरोका कारण समस्या आइरहने भएकाले सो सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको उनले बताए । उनले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको बताए । नागढुंगा–मुग्लिङ सडकखण्ड एक घण्टाभन्दा बढी समय अवरुद्ध हुन नदिइएको उनको भनाइ छ ।

"नागढुंगा–मुग्लिन सडकको हकमा सधैँभरि समस्या आइरहने ठाउँ हो । यसको बारेमा हामी एकदमै अलर्ट छौँ र एकदमै ध्यान दिएका छौँ । त्यहाँ पहिरो जाँदा हामीले एकघण्टा भन्दा बढी त्यहाँ रोक्न दिएका छौँ । अहिले हामीले देशभरिका लागि दुई घण्टा भन्दा बढी रोकिनु नपरोस् भनेर हामीले उपकरणहरू स्ट्यान्डबाई राखेका छौँ," उनले भने ।

मन्त्री दाहालले सवारी चालक अनुमति पत्र छपाइको काम प्रदेशलाई पनि दिइने बताए । उनले छपाइको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाइ गरेर वितरण गर्ने व्यवस्था मिलाइने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro