site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशको राजनीति पेचिलो अवस्थामा छ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देशको राजनीति पेचिलो अवस्थामा रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

देशको राजस्वले चालु खर्च नधान्ने भइसकेको उनले उल्लेख गरे । उनले एक अर्ब रुपैयाँ राजस्व संकलन गरिँदा दिनमा दुई अर्ब खर्च हुने गरेको बताए ।

“देशको राजनीति बडो पेचिलो अवस्थामा छ । सबैभन्दा चिन्ता गर्नुपर्ने कुरा के छ भने हाम्रो राजस्वले चालु खर्च नधान्ने भइसकेको छ,” उनले भने, “एक अर्ब राजस्व उठ्दा दिनमा दुई अर्ब खर्च हुँदो रहेछ ।”

लिएको ऋणको साँवाब्याज तिर्न नसक्ने र तिर्दा पनि पुँजीगत खर्चभन्दा बढी आकार भएको अवस्था विद्यमान रहेको उनले सुनाए । राजनीति, शैक्षिक, निजी क्षेत्रका विकृति र विसंगतिको अन्त्य गरिनुपर्नेमा उनले जोड दिए ।

“यो अवस्थामा हामी सबैले गम्भीर हुनुपर्छ । राजनीतिमा भएका, शैक्षिक क्षेत्रमा, निजी क्षेत्रमा भएका विकृति र विसंगतिहरूलाई बदल्नुपर्छ । त्यसका लागि नवीन सोच, दृष्टिकोण अनिवार्य छ,” उनले भने ।

मन्त्री पाण्डेले सबैभन्दा माथि जनता रहेका भन्दै उनीहरूका अपेक्षाअनुसार काम गर्नुपर्ने बताए । सबै मिलेर विकृतिको अन्त्य गरी मुलुकलाई असल बाटोमा लैजानुपर्ने उनले उल्लेख गरे । रचनात्मक र सिर्जनशील बाटोबाट मुलुक निर्माण गर्नुपर्ने उनको भनाइ थियो । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro