site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
एनल फिस्टुला र पायल्स भएको कसरी छुट्याउने ?

काठमाडौं । सामान्यतः मलद्वारसँग सम्बन्धित कुनै पनि समस्या देखिए प्रायः बिरामीलाई पायल्स भएको बुझाइ हुन्छ । तर, पायल्स र फिसर धेरैमा हुने अर्थात् आम समस्या हुन् भने फिस्टुला, कार्सिनोमा (क्यान्सर) जटिल रोग हुन् ।

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक डा. रामअधार यादव बिरामीलाई लक्षणका आधारमा यी रोगहरू छुट्याउन गाह्रो हुने बताउँछन् । सामान्यतः पायल्समा बिरामीले मलद्वारको मुखमा पोल्ने साथै दिसामा रगत बगेको थाहा पाउँछन् ।

Dabur Nepal
NIC Asia

यो धेरै मानिसमा हुने आम समस्या हो, कतिपय महिलामा प्रसूतिपछिको अवस्थामा पायल्स देखिने गर्छ । यो सुरुमै उपचार भए निको हुने प्रकृतिको समस्या हो ।

डा. यादवका अनुसार फिस्टुला संक्रमणका कारण मलद्वारको हुने टनेल जस्तो घाउ हो । यो आन्द्रा र मलद्वारको मुखमा बन्दछ । एनल फिस्टुलामा मलद्वारको वरिपरि पिलो तथा घाउहरू बन्छ । यसले बिरामीलाई दिसा बस्दा रक्तश्राव गराउने, पिप तथा अन्य समस्या निम्त्याउँछ । यो निकै कष्टकर रोग हो ।

मांशाहारी खाना, मसालेदार, चिल्लो खाना धेरै खाने बानीले संक्रमण भइ पिप निस्कने बाटो खोज्दा फिस्टुला बन्न जान्छ । यीबाहेक क्षयरोग भएका व्यक्ति, ठूलो आन्द्रासम्बन्धी रोग भएका व्यक्ति, बाहिरी चोटपटक लगायतका कारणले पनि यो विकास हुनसक्छ ।

लक्षणका आधारमा रोग पहिचान गर्न बिरामीलाई सहजन हुने हुँदा मलद्वारसँग सम्बन्धित कुनै पनि समस्या देखिए चिकित्सकको सल्लाह लिइहाल्न डा. यादवको सुझाव छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  ०७:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro