site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसी सैन्य हवाई अखडामा युक्रेनी आक्रमण

मस्को/किएभ । पछिल्लो समय युक्रेनले रूसको कुर्स्क क्षेत्रमा आक्रमण बढाउँदै गएको छ । यसै क्रममा बुधबार सबैभन्दा ठूलो र लामो दुरीको ड्रोन आक्रमण गरी चार रूसी सैन्य हवाई क्षेत्रमा आक्रमण गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् । 

युक्रेनी जनरल स्टाफले टेलिग्राममार्फत् सार्वजनिक गरेको विज्ञप्तिअनुसार रूसको भोरोनेज, कुर्स्क र निझनी नोभगोरोड क्षेत्रमा भएको ड्रोन हमलाको उद्देश्य इन्धन गोदाम र उड्डयन हतियार नष्ट गर्नु रहेको उल्लेख छ । 

कुर्स्कमा अझै अघि बढ्ने क्रम जारी राख्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममार्फत जानकारी गराएका छन् । 

सीमा क्षेत्रमा रणनीतिक सुरक्षित क्षेत्र स्थापना गर्दै करिब १२ हजार युक्रेनी सैनिक रूसको कुर्स्क क्षेत्रमा प्रवेश गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

जेलेन्स्कीले युक्रेनले दाबी गरी कब्जा गरेको क्षेत्रमा आवश्यक परेमा सैन्य कमाण्डको कार्यालय स्थापना गरिने बताएका छन् ।

यसैबीच, मस्कोबाट प्राप्त समाचारमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि कुर्स्कमा युक्रेनी आक्रमणलाई भड्काउने आक्रमणको रूपमा वर्णन गर्दै युक्रेनले नागरिकलाई लक्षित गरेको आरोप लगाएका छन् । 

रूसको रक्षा मन्त्रालयले गत २४ घण्टामा आफ्नो सेनाले कुर्स्क क्षेत्रमा ६ वटा युक्रेनी आक्रमणलाई असफल बनाएको घोषणा गरेको छ । रूसले कुर्स्कलगायतका क्षेत्रमा युक्रेनले प्रक्षेपण गरेका ११७ ड्रोन र चार सामरिक महत्त्वका मिसाइलहरू नष्ट गरेको दाबी गरेको छ । साथै, मन्त्रालयले युक्रेनले कुर्स्कमा आक्रमण गर्दा दुई हजार ३०० सैनिक तथा ३७ ट्यांकहरू गुमाएको जनाएको छ ।

युक्रेनी आक्रमणको प्रतिक्रियास्वरुप रूसको नेसनल गार्डले कुर्स्कको आणविक उर्जा संयन्त्रमा सुरक्षा उपायहरू बढाएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro