site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
म्यानमारकी प्रजातन्त्रवादी नेतृ सुकीको घर किन्न कुनै आवेदन नपरेपछि पुनः बोलपत्र आह्वान
फाइल तस्बिर ।

यांगुुन । जेलजीवन बिताइरहेकी म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई वर्षौंसम्म नजरबन्दमा राखेको लेकसाइडस्थित घर बिहीबार दोस्रोपटक लिलामीका लागि राखिएको छ ।

सन् २०२१ को सैन्य ‘कू’ पछि हिरासतमा लिइएका नोबेल पुरस्कार विजेता र उनका भाइबीच दशकौँ लामो विवादपछि दुई तले घर र १.९ एकड जमिन बिक्रीका लागि राखिएको थियो ।

लिलामीका लागि न्यूनतम ३०० अर्ब क्याट (१४ करोड अमेरिकी डलर) तोकिएको थियो । 

Dabur Nepal
NIC Asia

मिन किनबेचको काम गर्ने एक स्थानीय दलालले मार्चमा एएफपीलाई बताएअनुसार यांगुन आसपासका क्षेत्रमा पनि यो जमिन र यस्तै आकारका घरको मूल्य १० देखि २० लाख अमेरिकी डलरभित्र पाइन्छ ।

लिलामीअघि म्यानमारका लागि अमेरिकी दूतावासनजिकै युनिभर्सिटी एभिन्यूमा रहेको औपनिवेशिक कालको घरबाहिर पत्रकारको सानो भीड जम्मा भएको थियो । 

गेटमाथि सुकीका पिता, स्वतन्त्रताका नायक आङ सानको चित्र राखिएको छ भने घरलाई सशस्त्र प्रहरीले पहरा दिइरहेको छ । 

स्थानीय अदालतले ढोकामा टाँसेको सूचनामा घर, घरभित्र रहेको सम्पत्ति र जग्गा सुकीकी आमा ‘दाउ खिन की’को नाममा रहेको उल्लेख छ । 

सन् १९८८ मा तत्कालीन जुन्ताविरुद्ध भएको विशाल प्रदर्शनका क्रममा सुकीलाई गोली हानेपछि सेनाले करिब १५ वर्षसम्म घरको भत्किएको पर्खालभित्र थुनेर राखेको थियो ।

इंङ्ल्यान्डमा आफ्ना पति र छोराछोरीबाट अलग्गिएकी सुकीले एक प्रजातन्त्रवादी नेताको रूपमा आफ्नो हैसियत बढ्दै जाँदा घरमा पियानो बजाउँदै, जासुसी उपन्यासहरू पढ्दै र ध्यान गर्दै उक्त घरमा समय बिताएका थिए ।  

प्रजातन्त्र र अहिंसाको माध्यमबाट सैन्य शासनविरुद्ध लड्ने उनको भाषण सुन्न सयौँ मानिस नियमित रूपमा घरबाहिरको फुटपाथमा भेला हुने गर्थे ।

सन् २०१० मा रिहा भएपछि पनि उनी त्यही घरमा बसी विदेशी नेता, पत्रकार र कूटनीतिज्ञहरूसँग भेटवार्ता गरेकी थिइन् ।  

सन् २०१२ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले सुकीको घरको अवलोकन गरेकी थिइन् ।  ओबामाले सुकीलाई ‘लोकतन्त्रको प्रतीक’को संज्ञा दिएकी थिइन् ।  

सुकीले सन् २०१२ मा यांगुन छाडेकी थिइन् । सेनासँग सत्ता साझेदारी गर्दै राजधानी न्यापित गएकी थिइन् । 

सन् २०२१ को फेब्रुअरी १ मा सेनाले पुनः सत्ता कब्जा गरेपछि उनलाई हिरासतमा लिइएको थियो र १० वर्ष लामो प्रजातन्त्रको प्रयोग अन्त्य गरेको थियो । उनको  गिरफ्तारीले दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारमा रक्तपातपूर्ण उथलपुथल निम्त्याएको छ भने निर्वाचित सरकारको सट्टा सेनाप्रति बफादार (जुन्टा सरकार)ले सत्ता चलाइरहेको छ । रासस/एएफपी

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro