site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विपद्जन्य घटनामा २११ जनाको मृत्यु, वाग्मती र गण्डकीमा बढी क्षति
फाइल तस्बिर ।

काठमाडौं । नेपालमा मनसुनपछिको पछिल्लो दुई महिनामा मनसुनजन्यसहित सबै खालका विपद्का घटनामा २११ जनाको मृत्यु भएको छ । कुल ४८ जना बेपत्ता छन् । १४३ जना घाइते भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ । 

जेठ २८ पछि मनसुनयन्य घटनाबाट १७० जना र अन्य विपद्का घटनाबाट ४१ जनाको मृत्यु भएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए । उनका अनुसार आगलागी, सर्पदंश, लेक लाग्नु, जनावर आक्रमणलगायत घटना समावेश छन् । नेपालमा यस वर्ष गत जेठ २८ मा मनसुन भित्रिएको थियो ।
 
प्रवक्ता भट्टराईका अनुसार यसपटक सबैभन्दा बढी क्षति वाग्मती र गण्डकी प्रदेशमा भएको छ । वाग्मती र गण्डकी प्रदेश दुवैमा ५८/५८ जनाको मृत्यु भएको छ । कोसी प्रदेशमा २६, मधेस प्रदेशमा सात, लुम्बिनी प्रदेशमा ३९, कर्णालीमा नौ र सुदूरश्चिममा १४ जनाको मृत्यु भएको प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
 
यो अवधिमा एक हजार ३३३ घटना भएकामा तीन हजार ६४७ परिवार प्रभावित भएका छन् । ४०५ वटा घटना भएको कोसीमा सबैभन्दा बढी एक हजार २१२ परिवार प्रभावित भएका छन् ।
 
मधेसमा ५१३, वाग्मती ४७१, गण्डकीमा ४३७, लुम्बिनीमा ३२६, कर्णालीमा २४० र सुदूरपश्चिममा ४४८ परिवार प्रभावित भएको प्राधिकरणले जनाएको छ । प्राप्त विवरणअनुसार कोसीमा २, वाग्मती ४०, गण्डकीमा तीन, लुम्बिनीमा दुई र कर्णालीमा एकजना बेपत्ता छन् ।
 
अघिल्लो वर्षभन्दा बढी यस वर्ष मानवीय क्षति भएको हो । अघिल्लो वर्ष सोही अवधिमा विपद्जन्य घटनामा ७२ जनाको मृत्यु भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro