site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सेना समायोजन र हतियार व्यवस्थापन गर्दा पार्टी विभाजन भयो : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेना समायोजन गर्दा पार्टी विभाजन भएको बताएका छन् । प्रतिनिधिसभाको आज बसेको  बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले सेना समायोजन र हतियार व्यवस्थापन सहज नभएका स्मरण गरे । 

“भोलि बिहानसम्म पर्खियो भने देशमा दुर्घटना हुनसक्छ, प्रत्येक क्यान्टोनमेन्टमा रक्तपात हुन पनि सक्छ । आजकै दिन, आजकै राति सेना समायोजन हुनुपर्यो, हतियार व्यवस्थापन हुनुपर्यो भनेपछि राति ११ बजेपछि यो काम सम्पन्न गरियो,” उनले सुनाए,“ बिनाकुनै जटिलता काम गरियो । एउटै मात्र क्षति मैले र मेरो पार्टीले व्यहोर्नुपर्यो । मैले सेना समायोजन, हतियार व्यवस्थापन गरेवापत पार्टी विभाजित भयो । निकै ठूलो जटिलता पार्टीले व्यवहोनुपर्यो, देश बच्यो ।” 

Dabur Nepal
NIC Asia

उनले नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्तिपूर्ण भएको बताए । “हाम्रै माटोमा हुर्किएको, यसमा अरुको नक्कल छैन,” प्रचण्डले भने । 

शान्ति प्रक्रियाको इतिहासमा आजको दिन दूरगामी महत्वको ऐतिहासिक दिन भएको समेत उनको भनाइ छ । शान्तिप्रक्रियाले पूर्णता पाउने विश्वास गर्न सकिने पनि उनको भनाए बताए । साझा प्रयासले नै यो ठाउँमा आइपुगेको बताउँदै कार्यान्वयनमा भने जटिलता रहेको बताए ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १४:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro