site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युक्रेनी आक्रमणपछि सीमाका बासिन्दालाई सुरक्षित स्थानमा सार्दै रूस
तस्बिर : एपी

मस्को । रूस र युक्रेनबीचको युद्धका क्रममा युक्रेनले रूसी सीमा क्षेत्रमा आक्रमण बढाएको छ । आक्रमणसँगै रूसले युक्रेनी सीमा नजिकैको  बेलगोरोड क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको बेलगोरेडका रूसी गभर्नरले सोमबार बताएका छन् ।   

बेलगोरोडका गभर्नर व्याचेस्लाव ग्लेडकोभले टेलिग्राममार्फत् जारी गरेको भिडियोमा “क्रास्नोयारुज्स्की जिल्ला सीमा नजिकै युक्रेनी गतिविधिको कारण तनाव बढेको उल्लेख गरे ।

रूसी सेनाले बढ्दो खतरालाई सम्बोधन गरी स्थानीयबासीको सुरक्षा सुनिश्चित गर्न, सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिरहेको उनले बताए । उनले आवश्यक समन्वय भइरहेको र स्थानान्तरणको लागि यातायात पहिले नै पठाइएको जानकारी दिए ।   

यसैगरी बेलगोरोड प्रशासनले पनि क्रास्नोयारुज्स्की जिल्लाका सिमामा विपक्षीका गतिविधि बढेको जनाउँदै बासिन्दाहरूलाई तुरुन्तै आफ्नो घर छोड्न आग्रह गरिएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro