site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
'दुईतिहाइको बलमा हतारमा संविधान संशोधन भए देशमा अस्थिरता निम्तनसक्छ' 

काठमाडौं । नेपाली कांग्रेसको सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्य सुजता परियारले हतारमा संविधान संशोधन गरिए देशमा अस्थिरता आउनसक्ने बताएकी छन् । संविधान सबै दल र नेपाली जनताको सहमतिको दस्ताबेज भएको भन्दै दुईतिहाइ छ भन्दैमा संविधान संशोधन गरिहाल्न नहुने बताइन् । 

“सरोकारवाला सबै पक्षलाई विश्वासमा नलिइ दुईतिहाइको भरमा संविधान संशोधन गरिनुहुँदैन । हतारमा संविधान संशोधन गर्‍यौँ भने देशमा अस्थिरता निम्तन सक्छ,” उनले बैठकमा भनिन्, “भर्खरै बंगलादेशमा भएको राजनीतिक घटनाक्रमलाई हेर्न सकिन्छ । नेपालमा पनि त्यस्तो अवस्था नआउँला भन्न सकिँदैन ।”

उनले महासमिति बैठकबाट हस्ताक्षर भएर उठान भएको बैद्धिक सनातन हिन्दु राष्ट्र स्थापनाको एजेन्डालाई सम्बोधन गर्नुपर्ने धारणा राखिन् । साथै, भातृ संघसंस्थाहरू पार्टीको अभिन्न अंग भएको भन्दै उनले उनीहरूलाई बलियो बनाउन लामो समयदेखि रोकिएको अधिवेशन चाँडै गराउनुपर्ने उल्लेख गरिन् ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro