site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्पको टोकाइबाट बर्दियामा दुई बालबालिकाको मृत्यु, एक घाइते
प्रतीकात्मक तस्बिर ।

गुलरिया (बर्दिया) । बर्दियामा सर्पको टोकाइबाट एकैदिन दुई बालबालिकाको मृत्यु भएको छ ।

गुलरिया नगरपालिका–१ निवासी ९ महिने बालक मायरा चौधरी र सोही वडाकी ११ वर्षीया सोनिमा चौधरीको सर्पको डसाइबाट मृत्यु भएको हो । यस्तै, मधुवन नगरपालिकाकी ६ वर्षीया रिया चौधरी घाइते भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालका अनुसार घरमा आमासँगै सुतिरहेका ९ महिने बालकको बायाँ खुट्टाको पैतलामा पहिचान नखुलेको सर्पले डसेको हो । एघार वर्षीया बालिका घरमा सुतिरहेको अवस्थामा एक्कासि बिरामी भई अचेत अवस्थामा बर्दिया अस्पताल गुलरियामा पुर्‍याएकोमा चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको घोषणा गरेका हुन् । 

प्रहरीका अनुसार बालकलाई सर्पले टोकेको तीन घण्टापछि र बालिकालाई साढे पाँच घण्टापछि परिवारले अस्पताल पुर्‍याएका थिए ।

आजै सर्पको टोकाइबाट बर्दियाको मधुवन नगरपालिका–२ ओराली बजार घर भई हाल गुलरिया नगरपालिका–१ गाउँ नम्बर १५ मन्दिर टोलस्थित मामाघरमा बस्ने ६ वर्षीया रिया चौधरी एक्कासि बिरामी भई स्थानीय खैरापुरको मेडिकलमा सामान्य उपचार गरिएको थियो । थप उपचारका लागि बर्दिया अस्पताल पुर्‍याउँदा चिकित्सकले जाँचका क्रममा सर्पले डसेको आशंका गरेका थिए ।

उनलाई भेरी अस्पताल नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक अर्यालले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro