काठमाडों । एन्टिमाइक्रोबियल रेसिस्टेन्स (एएमआर) नेपालका निम्ति जनस्वास्थ्य चुनौती बनिरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार एएमआर सन् २०१९ मा विश्वभर १.२७ मिलियन जनसंख्याको मृत्युको प्रत्यक्ष र ४.२७ मिलियन जनसंख्याको मृत्युको अप्रत्यक्ष कारण थियो ।
यही अवस्था रहिरहे सन् २०५० सम्ममा वार्षिक एक करोड जनसंख्याको मृत्यु एएमआरका कारण हुने डब्लूएचओको प्रक्षेपण छ ।
एनपीएचएलले सन् २०२२ सार्वजनिक गरेको एएमआर सर्भिलेन्स रिपोर्टमा पिसाबको संक्रमण गराउनेदेखि निमोनियासम्मका रोग गराउने ब्याक्टेरियाहरूमा एएमआर बढेको देखिएको छ ।
नेपालको हकमा एएमआर नियन्त्रणमा पर्याप्त निति बने पनि कार्यान्वयनमा चुनौती रहेको विज्ञहरू बताउँछन् । रणनीति निर्माणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि तथा पशुपन्छी मन्त्रालयको भूमिका भए पनि कार्यान्वयनमा स्थानीय तहसम्मकै जिम्मेवारी भएको बताउँछन्, स्वास्थ्य सचिव डा. रोशन पोख्रेल ।
कृषि मन्त्रालयकी पशु स्वास्थ्य महाशाखा प्रमुख सम्झना काफ्ले प्रतिजैविक प्रतिरोध प्रतिकार्य योजना, २०८० को कार्यान्वयनमा कृषि मन्त्रालयअन्तर्गतका निकायहरूसहित प्राविधिक क्षेत्र समान सहभागितासहित अघि बढ्नुपर्ने बताउँछिन् ।
पशुपन्छीमा प्रयोग हुने एन्टिबायोटिक औषधिको प्रयोगमा स्पष्ट निर्देशिका र नियमन बलियो नहुँदा एएमआर थप चुनौती बन्दै गएको उनको भनाइ छ ।
यो पनि पढ्नुहोस्