site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मोटोरोलाको आधिकारिक वितरक बन्यो सीजी

काठमाडौं । चौधरी ग्रुप (सीजी) नेपालका लागि अमेरिकी प्रविधि कम्पनी मोटोरोलाको आधिकारिक वितरक बनेको छ । सीजी मोबाइलले सोमबार मोटोरोलासँगको रणनीतिक साझेदारीको घोषणा गरेको हो ।

यससँगै सीजी मोबाइल नेपालमा यही अगस्टदेखि मोटोरोलाको आधिकारिक वितरक बनेको छ ।

यससँगै अब मोटोरोलाका सुरुवाती तहदेखि फ्ल्यागसिपसम्मका उत्पादन सीजी मोबाइलले नेपालमा सार्वजनिक गर्ने बताएको छ । सीजी र मोटोरोलाको सहकार्य भने भारतबाट सञ्चालन हुने बताइएको छ ।

सीजीका अनुसार आगामी चाडबाडको सिजन अर्थात् दसैँदेखि मोटोरोलाका उत्पादन नेपालमा सार्वजनिक हुनेछन् । सीजीले आफ्ना डिस्ट्रिब्युटर तथा वितरकलाई समेत मोटोरोलाका उत्पादनसँग जोड्ने तयारी थालिसकेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro