site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वव्यापी सञ्जालमा बढाउँदै बीवाईडी, उबरमा एक लाख कार सामेल हुँदै

काठमाडौं । चर्चित राइड सेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा एक लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।

युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा एक लाख कार प्रयोग गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो ।

उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाईडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिन समेत दुई कम्पनीबीचत सम्झौता भएको छ ।

यसका साथै दुवै कम्पनीले भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने सहमति समेत गरेका छन् । उबर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख छ ।

चिनियाँ ब्रान्डका ईभीविरुद्ध युरोप र अमेरिकामा उच्च कर तोकिएका बेला यो सम्झौतालाई विशेष रुपमा हेरिएको कम्पनीको भनाइ छ ।

यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणी गरेको कम्पनीको दाबी छ ।

कम्पनीले मध्य पश्चिम, क्यानडा, अष्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गर्ने जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १६:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro