site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलमा हिजबुल्लाहको आक्रमण, मध्यपूर्वमा युद्ध बढ्ने खतरा
तस्बिर : भीसीजी ।

लेबनान । लेबनानको हिजबुल्लाह समूहले आइतबार इजरायलको उत्तरी क्षेत्रमा दर्जनौँ कत्युशा रकेट प्रहार गरिएको जनाएको छ । गएको बुधबार इजरायलले हिजबुल्लाहका मिलिटरी कमान्डर फुआद शुक्रको हत्या गरेपछि जवाफमा पछिल्लो आक्रमण गरिएको जनाइएको छ ।

गएको बुधबार नै इरानको राजधानी तेहरानमा हमास नेता इस्माइल हानियाको हत्या गरिएको थियो । त्यसको जवाफ इजरायललाई दिने इरानको पनि चेतावनी छ । यो अवस्थाले समग्र मध्यपूर्वमा नै युद्ध बढ्ने संकेत देखिएको छ ।

त्यसो भएमा प्रभाव नेपालमा पनि पर्नेछ । किनकि, मध्यपूर्वका थुप्रै मुलुकमा नेपालीले काम गरिरहेका छन् ।

इरानले इजरायलमा गर्न सक्ने सम्भावित आक्रमणका विषयमा अमेरिकाले मध्यपूर्वमा आफ्नो सेनालाई सबल बनाउने तयारी गरिरहेको जनाइएको छ । पेन्टागनले शुक्रबार जनाएअनुसार, अमेरिकाले त्यहाँ थप वारशिप र फाइटर जेट पठाउने तयारी गरिरहेको छ ।

लेबनानमा बढ्दै गएको तनावसँगै अमेरिका, बेलायत, स्वीडेन, फ्रान्स, क्यानडा, जोर्डन, भारतलगायत मुलुकले त्यहाँ रहेका आफ्ना नागरिकलाई चाँडोभन्दा चाँडो उक्त देश छोड्न निर्देशन दिइसकेका छन् ।

लेबनानको बेरुतमा एउटा मात्र कमर्सियल विमानस्थल छ । केही दिनयता त्यहाँ ‘कनेक्ट’ गर्ने कैयौँ उडानको सेवा रद्द वा निलम्बन गरिएको छ । केही उडान सेवाको टिकटको मूल्य निकै बढाइएको छ । त्यसले गर्दा त्यहाँबाट बाहिरिन पनि मानिसलाई अप्ठ्यारो परिरहेको जनाइएको छ । एजेन्सी

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ११:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro