site stats
बाह्रखरी :: Baahrakhari
विचार
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
बंगलादेशका विस्थापित दलितहरूको दयनीय अवस्था

“केही सहयोग प्राप्त गर्न हामी कहाँ जान सक्छौँ? हाम्रो घर बचाउन हामी कहाँ जान सक्छौँ? हामीले कुनै बाटो पाइरहेका छैनौ, हामी कुकुर र बिरालाजस्तै यता उता भौतारिरहेका छौं” मिरोन जिल्ला सीटी कलोनीमा आफ्नो घर गुमाएकी पीडित पूजा रानी दास रुवाइले कामेको स्वरमा बोलिरहेकी थिइन् । उनीसँगै पीडितहरूले रुँदै भने - “हामीलाई चिडियाखानामा राख्नुहोस्, कमसेकम मानिसहरू टिकट किनेर हामीलाई भेट्न त आउनेछन् ।”

मानिसहरूका यस्ता कथनलाई कसरी बेवास्ता गर्न सकिन्छ ?

बङ्गलादेशको ढाका दक्षिण नगर निगम (डीएससीसी)अन्तर्गत बोङ्सल थानाको मिरोन जिल्ला हरिजन कलोनीमा दलित समुदायको विस्थापितको घटनाले हजारौं दलितहरूलाई स्तब्ध पारेको छ । उनीहरु आश्रयका लागि रोइरहेका छन् । यस परिस्थितिले मानवताको निरिह अवस्था, जीवनको अनिश्चित प्रकृति, मानवीय क्षति र यस्ता सबालमा थप सम्बोधनको आवश्यकता दर्शाएको छ ।

KFC Island Ad
NIC Asia

बङ्गलादेशका दलित समुदाय विशेषगरी हरिजन (हरि, हेला, डोम, डोमर, लालबेगी, बाल्मिकी, राउत, बान्स्फोर) लाई सरसफाइ, ढल निकासी, चिया बगान र रेलमा काम गर्न भारतबाट ल्याइएको थियो । उनीहरूलाई रोजगारीको सुरक्षासहित बस्ने ठाउँ पनि दिने वाचा गरिएको थियो । तर, वाचाअनुरूपका कुनै पनि सुविधा दिइएन । हरिजनहरूलाई समाजको सबैभन्दा तल्लो तहमा राखियो । फलस्वरूप, उनीहरूले सधैँ हिंसा, शोषण र जातीय भेदभावजस्ता अनेकौं विभेदको सामना गर्नुपर्छ ।

अझै पनि समाजमा हरिजनको परिचयबाट कोठा भाडामा पाइँदैन । रेस्टुराँ वा होटलहरूमा पनि उनीहरूको प्रवेशमा रोक लगाइएको हुन्छ ।  विशेष सामाजिक समारोह, चाडपर्वहरूमा आमन्त्रित गरिँदैन । यसरी, दलितहरूलाई समाजको मुख्य धारबाट अलग गरिएको छ भने चरम शोषण र तिरस्कार स्वीकार गर्दै उनीहरूको जीवन चलिरहेको छ । उनीहरूलाई समाजको तल्लो र ’अछुत’ वर्गकै रूपमा हेरिन्छ ।

Royal Enfield Island Ad

हरिजनहरू दैनिक ज्याला मजदुरी गर्छन् । उनीको निश्चित रोजगारी हुँदैन । त्यसको प्रत्यक्ष प्रभाव तिनको दैनिक गुजारामा पर्नगएको छ । पछिल्ला वर्षहरूमा मुस्लिम र गैरहरिजनहरू पनि हरिजनका पेसामा सामेल भएका छन् । गैरहरिजनहरूले ठूलो रकम तिरेर उक्त जागिर लिने गर्छन् र हरिजनहरूलाई सोही काम थोरै पैसामा गराउँछन् ।

मिरोन जिल्ला हरिजन कलोनीको प्रवेशद्वारमा एउटा स्मारक देखिन्छ जुन १० हरिजन सहिदहरूको स्मृतिमा निर्माण गरिएको हो । नोभेम्बर २२, १९७१ मा १० जना हरिजनहरू स्वतन्त्रता सेनानीहरूलाई मद्दत गरेका कारण पाकिस्तानी सेनाद्वारा मारिए जो रजाकारहरूबाट निर्देशित थिए । हरिजन शहिद महावीर लाल सामुन्द, नन्दू लाल, अनवर लाल, ईश्वर लाल, खलबल दास, घसिता दास, शङ्कर दास हेला, लालु दास र राम चरण देशका लागि आफ्नो जीवन बलिदान गर्न हिचकिचाएनन् तर मुक्ति संग्रामको ५३ वर्ष बितिसक्दा पनि उनीहरूलाई सम्मान किन दिइएन? यो एउटा अनुत्तरित प्रश्न हो ।

यो हरिजन बस्ती मूलरूपमा ‘मिरोन बाई’ नामक एक बैजी (प्राचीन महिला नृत्यकार) को स्वामित्वमा थियो र उनले यसलाई हरिजनहरूलाई दिएकी थिइन् । त्यसैबाट यस कोलोनीको नामाकरण ’मिरोनजिला’ बन्नपुगेको हो । बङ्गलादेशको स्वतन्त्रतापछि नगर निगमले यसलाई नियन्त्रणमा लियो । हरिजनका पुर्खाहरूलाई करिब ४०० वर्षअघि सफाइ कार्यका लागि मिरोनजिल्लामा ल्याइएको थियो र हाल उनीहरू त्यहाँका स्थायी बासिन्दा बनेका हुन् । यस कोलोनीको इतिहास हेर्दा सन् १९४१ मा स्थापित सामाजिक संस्था ’हरिजन सेवक समिति’ लाई लिन सकिन्छ । युगौँदेखि सहर सरसफाइ गर्दैआएका सरसफाइकर्मीहरूलाई नै आज सफाइ र बहिष्करण गरिँदैछ ।

हरिजन सेवक समितिले कोलोनीका टिनका घरहरू हटाउँदै १० तलाका पाँचवटा नयाँ भवन निर्माण गर्ने प्रस्ताव दक्षिण नगर निगममा पेस गरेको थियो । मेयर फजले नूर तपोसले निवेदनमा हस्ताक्षर गरी नगर निगमले जारी गरेको पत्रको समीक्षा र प्रश्न गरिएको छ । यसको मुख्य उद्देश्य नजिकमा रहेको तरकारी बजारको विस्तार र त्यहाँका स्थानीय राजनीतिज्ञ, काउन्सिलर र व्यापारीहरूले फाइदा लिनु हो ।

ढाकाको मिरोनजिला कोलोनीका घरहरू ध्वस्त पार्ने आदेश दिइएको छ । यसले मिरोनजिला हरिजन सेबक समितीसहितका बासिन्दाहरूमा चिन्ता पैदा गरेको छ । नगर निगमका अधिकारीहरूले मेयरलाई आदेशको बारेमा थाहा भएको र जुन १० मा टिनका झुप्रा घरहरू खाली गर्ने घोषणा गरेको दाबी गरे । साथै त्यहाँका हरिजन किशोरहरूलाई गिरोह बनाएको र लागुऔषध सेवन गरेकोजस्ता झुट्टा आरोपमा फसाएर चरित्र हत्या गर्ने काम गरिएको छ ।

डीएससीसीले सम्बोधन गरेका मुद्धाहरू ट्राफिक जाम, ढल व्यवस्थापन र लामखुट्टे नियन्त्रण पनि पूरा गरेको छैन । हरिजनहरू जो सहरका बासिन्दा, मतदाता र नागरिक हुन् उनीहरूको धार्मिक आस्थामा पनि आँच आउने गतिविधि भइरहेका छन् । वैकल्पिक आवासको व्यवस्थापनविना नै गरिब हरिजनहरूलाई विस्थापित गराउने डीएससीसीको योजना अमानवीय र अवैध छ । हरिजनहरूले सबै नागरिकका लागि समान अधिकारको माग गरिरहेका छन् र नगर निगमले यस्ता सबालहरूलाई सम्बोधन गर्नुपर्छ ।

ढाका मेट्रोपोलिटन पुलिस (डीएमपी) लाई जुन महिनाभित्र सहरका झुपडीहरू खाली गर्न भनिएको थियो जसले गर्दा विरोध जुलुस र १२ घन्टाको अल्टिमेटम दिइएको थियो । जुन १० मा ८० बस्तीका लागि २० वटा घरहरू ध्वस्त बनाइएको थियो । विस्थापित परिवारहरू दयनीय अवस्थामा छन् । उनीहरूले आफ्नो नागरिक सुविधाहरूसमेत गुमाएका छन् । यद्यपि, डीएससीसीका मेयरले भवन निर्माणका लागि एउटा सानो क्षेत्रमात्रै प्रयोगमा ल्याउने भन्दै आश्वासन दिएका थिए ।

लक्ष्मी रानीको शोकाकुल परिवार अझै पनि दिनरात उठिवास लाग्ने डरमा बाच्न बाँध्य छन् । त्यस्तै आत्महत्याको प्रयास गरेका शम्मी दासले आफ्नो आँखै अगाडि घर गुमाए । उनी अहिले पनि ढाकाको अस्पतालमा उपचाररत छन् । डीएससीसीका अधिकारीहरू जुन ११ मा आधुनिक तरकारी बजारका लागि ठाउँ खाली गर्न बस्तीमा गएका थिए । तर, हरिजन समुदायका बासिन्दा र स्कुलका विद्यार्थी विरोध प्रदर्शनमा सामेल भएकाले जग्गा खाली गर्ने कार्यमा ढिलाइ भएको थियो ।

हरिजन समुदायको प्रतिनिधिमण्डलले डीएससिसीका मेयरसँग अनलाइन बैठक गरी ४८ घन्टा कर्फ्यु र ४८ घन्टाभित्र परिसर खाली गर्न अनुरोध गरेको थियो । मेयरले २० वटा घरमात्रै भत्काउने वाचा गरे तर यसको सट्टा तीनवटा घरलाई एक अनि चारवटा घरलाई दुई गन्ती गरे । हरिजन बासिन्दाहरूलाई जग्गा खालि गर्न फेरि दबाव दिइयो र नगर निगमले सयौं मानिसहरूलाई उनीहरूको जागिरबाट निलम्बन पनि गर्‍यो ।

उच्च अदालतले जग्गा गर्ने खालि प्रक्रिया ३० दिनको लागि रोक्न आदेश दिएको छ र अर्को तारिख जुलाई २१ गते तय गरिएको छ । सम्बन्धित वकिलहरूले भने हरिजनहरूलाई पुनः बसोबास वा अन्यत्र व्यवस्था गरेपछि मात्रै हटाउन सकिने तर्क गरेका छन् । जुलाई ११ को अन्तिम सुनुवाइमा पुनरावेदन डिभिजनले निष्कासन अभियानमा उच्च अदालतको आदेशलाई यथास्थितिमा राख्यो । यसैबीच सर्वोच्च अदालतले जारी गरेको नियम दुई महिनाभित्र हटाउन उच्च न्यायालयलाई आदेश दिएको छ । केही राहतका सँगै हरिजनहरूले डर र अनिश्चितताको सामना गर्दै आन्दोलनलाई जारी राखेका छन् ।

सरकारी पार्टीको चुनावी घोषणापत्रहरूमा हरिजन र गरिबहरूका लागि स्वास्थ्य, शिक्षा र आवासजस्ता आवश्यक सुविधामा सुधार गर्ने वाचा गरिएको थियो । तर अहिले हरिजनका बस्तीहरू नै खाली गर्ने अभियान चलिरहेको छ । यद्यपि मेयर हरिजनहरूद्वारा नै निर्वाचित भएका हुन् ।

देशका ५५ जना प्रमुख नागरिकहरू र अन्य मानवीय संस्थाहरूले यो निर्णय अनुचित भएको भन्दै चिन्ता र विरोध गरिरहेका छन् भने विपक्षी नेताहरू र राजनीतिज्ञहरूले वैकल्पिक उपायहरूको लागि आह्वान गरिरहेका छन् । अन्यायको विरोध गर्न सबैजना अगाडि आउनुपर्छ । न्युयोर्कमा विरोध जुलुसपछि संयुक्त राज्य अमेरिकाका हिन्दुहरूले बङ्गलादेश कन्सुलेट कार्यालयमा ज्ञापनपत्र दिएका छन् । गत २० जुनमा हजारौं हरिजन–दलितको उपस्थितिमा सहिद मिनारमा जुलुसपछि आन्दोलनकारी प्रतिनिधिमण्डलले प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।

राज्य शासनका सिद्धान्तहरूमा नै आवासको अधिकार समावेश भएको हुनाले बस्ती विस्थापन पुनर्वासमा आधारित हुनुपर्छ भनी उच्च अदालतले फैसला गरेको छ । मिरोनजिल्ला कोलोनीमा भने हरिजन समुदायले राज्यद्वारा जग्गा हिनामिना र असमान व्यवहारको सामना गरिरहेको छ । सन् २०१९ मा गोबीबाग र धौलपुर हरिजन कोलोनीमा रेलवे विस्तारका लागि यस्तै विस्थापन कार्य भएको थियो । पछि पनि उनीहरूलाई पुनःस्थापित गरिएन । हरिजनहरूलाई सरकारबाट जग्गाको स्वामित्व, सम्झौता र क्षतिपूर्ति उपलब्ध गराउन यो विस्थापन प्रक्रिया रोकिनुपर्छ । हरिजनहरू पनि बंगलादेशका सामान्य नागरिक हुन् र उनीहरुलाई बहिष्करणमा पारिनु हुँदैन भन्ने अदालतको तर्क छ ।

के हरिजनहरू मानिस होइनन् ?  के बङ्गलादेशका नागरिक होइनन्? यहाँ रोहिंग्याहरूका लागि त ठाउँ छ भने ४०० वर्ष सेवा गरेपछि पनि हरिजनहरू किन बहिष्करणको सिकार भइरहेका छन् ?

( समता फाउन्डेसनमा नोरेक प्रोफेसनल फेलो तथा बङ्गलादेश दलित एवं वञ्चित जनगोष्ठी अधिकार आन्दोलन (बीडीईआरएम) का महासचिव )

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०९:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro