site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गलत मान्छेको संगत र उनीहरूको प्रलोभनमा नपर्न राज्यमन्त्रीलाई ओलीको सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित मन्त्रीलाई सघाएर परिणाम आउने गरी काम गर्न नवनियुक्त राज्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार नवनियुक्त तीन राज्यमन्त्रीको शपथग्रहण समारोहमा ओलीले रचनात्मक भई आफ्नो कार्यक्षेत्रको सदुपयोग गर्न सुझाव दिए ।

प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रीहरूले पनि राज्यमन्त्रीलाई आवश्यक जिम्मेवारी दिने र परिणाम निकाल्ने विषयमा ध्यान दिन आग्रह गरे । अहिलेको विषम परिस्थितिलाई अनुकूल बनाउन आफूहरू प्रयत्नरत रहेको उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले गलत मान्छेहरूको संगत र उनीहरूको प्रलोभनमा नपर्न सचेत पनि गराए । उनले मन्त्रीहरूलाई सहयोग गर्न राज्यमन्त्रीलाई आग्रह गरे । यसैगरी प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको इन्धन भण्डारणले खतरा हुने भएकोले त्यसलाई अन्यत्र स्थानान्तरण गर्न पनि सम्बन्धित मन्त्री र राज्यमन्त्रीलाई निर्देशन समेत दिए ।

 

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro