site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राष्ट्रपति पौडेल भन्छन्– संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार भुल्न मिल्दैन  

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अभिमत कुल्चने प्रयास कसैले पनि गर्नु नहुने बताएका छन् । रेडियो नेपालको हिरक महोत्सवलाई संबोधन गर्दै राष्ट्रपति पौडेलले संविधानको मर्म र भावनाविपरीत हुने कुनै पनि गतिविधि नेपाली जनतालाई स्वीकार्य नहुने बताए । 

संविधानले दिएको अधिकार प्रयोग गर्दा लोकतान्त्रिक विधि प्रयोग नभए जनतालाई स्वीकार्य नहुने उनको भनाइ छ । 

“लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो,” राष्ट्रपति पौडेलले भनेका छन्, “तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ ।”

संविधानले दिएको अधिकार प्रयोग गर्न संविधानले नै लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको उनको भनाइ छ । हिंसा, तोडफोड, आगजनी र लुटपाट निषेधित रहेको राष्ट्रपति पौडेलले बताएका छन् । 

राजावादीको आन्दोलनका क्रममा पत्रकार र नागरिकको मृत्यु हुनु दुःखद् भनेका उनले कुनै पनि अभियानले नागरिकको क्षति हुन नहुने बताए । 
 

प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  १३:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro