site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
मणि थापा एमालेबाट ‘आउट’

काठमाडौं । निष्क्रिय रहेका नेता मणि थापा नेकपा (एमाले)को जिम्मेवारीबाट हटाइएका छन् । एमालेले उनलाई स्थायी कमिटीबाट हटाएको हो । बिहीबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको  रिक्त पद पूर्ति पनि गरेको छ । हिजो बैठकले नेकपा (एकीकृत समाजवादी) छाडेर एमाले फर्किएका मुकुन्द न्यौपानेलाई स्थायी कमिटी सदस्य बनाएको छ ।

त्यस्तै, लीलानाथ श्रेष्ठ स्थायी कमिटी सदस्य मनोनीत भएका छन् । हिजोको बैठकले स्थायी कमिटी सदस्य गुरु बराललाई पार्टीको उपाध्यक्ष मनोनीत गर्‍यो । उनी बढुवा भएपछि पद रिक्त भयो । रिक्त पदमा दुई नेता स्थायी कमिटीमा बढुवा भए ।

“पद रिक्त भएपछि हिजो दुई नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीति गरेको हो,” प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने ।

नेकपा विभाजन भएपछि माओवादीमा नफर्किएका थापा पार्टीमा केही समययता निष्क्रिय थिए । १४ महिनाअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारीबाट दिएको थियो । त्यतिबेला उनी बिदामा थिए ।

आफ्नो कामका कारण विदामा बसेको प्रतिक्रिया दिएका थिए । अहिले भने उनलाई एमालेले बिदा गरेको हो । थापाले पार्टी छाडेको हो भन्ने प्रश्नमा गौतमले भने, “उहाँ पार्टीमा सक्रिय नभएपछि के बुझ्ने ? उहाँको स्थानमा अर्का नेतालाई स्थायी कमिटी सदस्य मनोनीत गरिएको हो ।”

उनलाई ०८० साउनको सचिवालय बैठकले सोधपुछ गर्ने निर्णय गरेको थियो ।

एमालेका सचिव लेखराज भट्टले थापा सम्पर्कमा नै आउन नचाहेको बताए । “मैले पनि उहाँलाई पटक–पटक सम्पर्क गरेँ । उहाँ पार्टीको सम्पर्कमा नै आउन चाहनुभएन,” भट्टले बाह्रखरीसँग भने, “सम्पर्कमा नै नआएपछि उहाँलाई जिम्मेवारी दिने कुरा भएन ।”

एमालेले स्थायी कमिटी सदस्यबाट पार्टीको वेबसाइटबाट पनि उनको नाम हटाइसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro