site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कार्यविभाजन : किन बिदामा बसे मणि थापा ? 

काठमाडौं । नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी हेरफेर गरेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी र सचिवालय बैठकको निर्णय समेटेर जारी गरेको अन्तरपार्टी निर्देशन–५ मा नेताहरुको नयाँ जिम्मेवारी तोकिएको छ ।

एमालेले स्थायी कमिटी सदस्य र पोलिट्ब्यूरो सदस्यलाई जिल्ला कमिटीको इन्चार्जको जिम्मा दिएको छ । नेताहरुलाई जिम्मेवारी तोकिँदा स्थायी कमिटी सदस्य मणि थापालाई जिम्मेवारी तोकिएको छैन । उनको जिम्मेवारी दिने ठाउँमा बिदा लेखिएको छ । पूर्वमाओवादीबाट आएका नेता थापा केही समययता पार्टीमा असन्तुष्ट रहेको बताइन्छ । 

 

एमाले नेताहरूको जिम्मेवारीमा व्यापक हेरफेर : कसलाई कुन जिम्मेवारी ?

वैशाख २८–३० गतेसम्म काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकमा उनी उपस्थित थिएनन् ।  आफू काठमाडौं बाहिर भएकाले नआउने जानकारी पार्टीलाई गराएका थिए । “केन्द्रीय कमिटी बैठकका बेला म उपत्यका बाहिर थिएँ । बैठकमा उपस्थित हुन नसक्ने जानकारी गराएको थिएँ,” उनले बाह्रखरीसँग भने । 

बिदामा किन ? 
थापाले व्यक्तिगत काममा व्यस्त रहेकाले जिम्मेवारी नदिन आफैँले आग्रह गरेको बताए । “मैले बिदा लिएको हुँ ।  मेरो आफ्नै केही लेखनको काम छ । त्यो सक्दासम्म म पार्टीको कामम उपस्थित हुन्न भनेको छु,” उनले भने, “केही समय आफ्नै काम गर्न खोजेको हो ।”

mm1686116437.png

उनले पार्टीको दशौं महाधिवेशनपछि भूमि व्यवस्था विभागमा जिम्मेवारी पाएका थिए । विभागको बैठकमा पनि आफू जान नभ्याएको उनले बताए ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro